-केशब पन्थी , अर्घाखाची डट्कम।
अर्घाखाँची, श्रावण -१८ अखिल नेपाल महिला संघ अर्घाखाँचीको ११ औं जिल्ला सम्मेलन सन्धिखर्कमा शुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ अर्घाखाँचीको ११ औं जिल्ला सम्मेलन सन्धिखर्क स्थित समन्वयहलमा शुरु भएको छ ।
अखिल नेपाल महिला संघकि केन्द्रिय अध्यक्ष टुका भद्र हमालको प्रमुख आतिथ्यतामा शुरु सम्मेलनमा संघको लुम्बिनी प्रदेश इन्चार्ज लिला राना नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल , केन्द्रिय स्थायी कमिटी सदस्य तथा प्रदेश सह इन्चार्ज माननीय बिजुला रायमाझी सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , केन्द्रिय सदस्य माया भुसाल प्रदेश अध्यक्ष पम्फाबति खनाल ,प्रदेश सदस्य प्रमिला क्षेत्री ,मनिकला पन्थी , बसन्ता पौडेल सल्लाहकार सदस्य पबित्रा पौडेल , एमाले
जिल्ला उपाध्यक्ष शम्भु पोख्रेल , जिल्ला सचीव तोज बहादुर रायमाझी , उपसचिव खगेश्वर पन्थी महिला नेतृ इश्वरा पोख्रेल ,नेपाल महिला संघकि जिल्ला कोषाअध्यक्ष चन्द्रा गैरे, अखिल नेपाल क्रान्तिकारी महिला संगठनकि नेता सकुन्तला राना जिल्ला समन्वय उपप्रमुख सहित स्थानीय तहबाट निर्बाचित उपप्रमुख तथा उपाध्यक्षहरु नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा महिला संघका विभिन्न तह र तप्काकाका नेता प्रतिनिधि तथा सन्चारकर्मीहरुको उपस्थित रहेको थियो ।
सम्बृद्व नेपाल सुखी नेपाली हाम्रो अभियान ,समान अधिकारका लागी सुदृढ संगठन भन्ने मुला नाराका साथ सम्पन्न हुन लागेको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने गर्ने छ ।
कार्यक्रम संघकि जिल्ला अध्यक्ष दिपा आचार्यको अध्यक्षता उपाध्यक्ष सुनिता भट्टराईको स्वागत मन्तव्य तथा सचीव मेनुका पौडेलको संचालनमा शुरु भएको छ।