अर्घाखाँची भूमिकास्थान: वडास्तरिय राहत कोषमा संकलित १० लाख अग्नी पिडितलाई हस्तान्तरण (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई,अर्घाखाँची ।

साउन–२२,अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान–३ र ४ धारापानीका अग्निपीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ  ।

May be an image of 10 people

वडास्तरिय अग्निपीडित सहयोग समितिको कोषमा विभिन्न सहयोगीदाताहरुबाट सङ्कलन भएको १० लाख १२ हजार ६ सय ८८ रुपैयाँ रकम सोमबार एक कार्यक्रमका बिच २९ घर परिवारलाई भूमिकास्थान नगरप्रमुख झविलाल थापाद्धारा हस्तान्तरण गरिएको हो ।

May be an image of 5 people

उक्त सहयोग रकम मध्ये आगलागीबाट पूर्णरुपमा घर गुमाएका कृष्णा ओलीलाई ६७ हजार ५ सय, मनिराम भुसाल ६६ हजार, बसन्ता मल्ललाई ६१ हजार ५ सय, देवी
आलेलाई ६१ हजार ५ सय, दिउरी भुसाल, ऋषीराम भुसाल, रामजी भुसाल, झविलाल भुसाललाई जनही ६० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

May be an image of 10 people

आगलागीबाट वाल सहितको थारो र १ वटा पल्सर मोटरसाइकल गुमाउनुभएका यज्ञ प्रसाद भुसाललाई ५० हजार, गंग बहादुर वि.क.लाई ४५ हजार, नरिश्वर
भुसाललाई ३९ हजार, तिलक भुसाललाई ३५ हजार प्रदान गरिएको छ ।

May be an image of 6 people

यस्तै आगलागीबाट थारो गुमाउने बिष्णु घ.म., टिका भुसाल, रामु भुसाल, राजु भुसाल, डोल प्रसाद भुसाल र सिता वि.क.ले क्रमश ३० हजारका दरले राहत प्राप्त गर्नुभएको छ । त्यस्तै पुष्पा भुसाललाई २७ हजार, दुर्गा वि.क. २० हजार, शान्ता परियार १९ हजार ५ सय, र हुमकला भुसाललाई १७ हजार ५ सय रुपैंया हस्तान्तरण गरिएको छ ।

May be an image of 9 people

यस्तै पदम प्रसाद भुसाल, गंगा बहादुर भुसाल, शोभाखर बन्जाडे र भरत बन्जाडेलाई जनहि १५ हजार बितरण गरिएको छ । त्यस्तै भुपलाल भुसाललाई ७हजार, शिवलाल भुसाल र पूर्ण बहादुर वि.क.लाई ५÷५ हजार रुपैंया हस्तान्तरण गरिएको वडाध्यक्ष एवम् राहत संकलन÷बितरण समितिका संयोजक कृष्ण प्रसाद बन्जाडेले जानकारी दिनुभएको छ ।

May be an image of 9 people and tree

राहत बितरण कार्यक्रममा बोल्दै भूमिकास्थान नगर प्रमुख झविलाल थापाले बिपद्को सामना गर्नु भन्दा घटना हुनै नदिने गरि पूर्व तयारी गर्नु आजको आवस्यकता रहेको बताउनुभएको छ । त्यसको लागि आगामी हिउँदको याममासामुदायिक वन र सरोकारवालासंग समन्वय गरि वनपाखामा रहेका पात÷पतिङ्गर, घुस्हन र झाडी सोहोर्ने योजनामा नगरपालिका रहेको उहाँको भनाई छ ।

May be an image of 9 people

झाडी सफाई गर्दा निस्कने घुस्हनलाई डम्पिङ्ग गरि मल बनाउने र उक्त मल पालिकाको बाँझो जग्गामा खेती गर्ने अभियानमा प्रयोग गर्ने नगर प्रमुख थापाले योजना
सुनाउनुभएको छ ।

गत चैत र बैशाख महिनामा भएको आगलागी र डढेलोमा भूमिकास्थान नगरपालिकाका विभिन्न वडामा २१ घर, २० गोठ जलेर नष्ट हुनुका साथै एक ४ बर्षिया बालिकाको समेत ज्यान गएको स्मरण गराउँदै उहाँले बिपत्तिमा सहयोग गर्ने सबैलाई धन्यावाद दिनुभएको छ ।

May be an image of 9 people

वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता, स्थानिय शिक्षक विरेन्द्र पौडेलको स्वागत मन्तव्य र वडा सचिव देवराज श्रेष्ठको संचालनमा सम्पन्न राहत बितरण तथा कोषको सार्वजनिक सुनुवाई कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी. र राहत संकलन समितिका सदस्य नारायण प्रसाद भुसालले मन्तव्य राख्नुभएको थियो ।

May be an image of 7 people

कार्यक्रममा बोल्दै उहाँहरुले गत आर्थिक बर्षमा अर्घाखाँचीकै ठुलो बिपद्बाट भूमिकास्थानले सामना गर्नुपरेको स्मरण गर्दै बिपत्तिमा साथ दिने सबैलाई धन्यावाद दिनुभएको छ ।

May be an image of 8 people, people smiling and temple

May be an image of 7 people

समितिको कोषमा देश तथा विदेशबाट सङ्कलित रकम क्षतिको आधारमा विभाजन गरी हस्तान्तरण गरिएसँगै सहयोग सङ्कलन कार्य समेत सकिएको वडाअध्यक्ष
बन्जाडेको भनाइ छ । राहत बितरण कार्यक्रममा स्थानिय राजनितिक दल, प्रहरी, पत्रकार, सामाजिक अगुवा, अग्नी पिडित र उनिहरुका आफन्तहरुको सहभागिता
रहेको थियो ।

May be an image of 10 people

गत बैशाख ८ गते शनिबार दिउँसो करिब २ बजे जंगलबाट सल्किएको आगो बस्तीमा पस्दा धारपानीका २९ घर परिवार कुनै कुनै रुपमा प्रभावित भएका थिए ।

थप तस्बिर:

May be an image of 8 people

May be an image of 5 people

May be an image of 7 people

May be an image of 10 people

May be an image of 7 people

May be an image of 9 people

May be an image of 8 people

अन्य समाचारहरु