रुद्रमणि भुसाल , अर्घाखाँची ।
अर्घाखाँची । परियार सेवा समाजका केन्द्रिय संयोजक डिबी परियारले बहुप्रतिभा भएका परियार जातीको हक र हितको लागि तीनैतहको सरकारसंग समन्वयसगै निरन्तर वकालत गरिरहेको बताउनु भएको छ ।
अर्घाखाँचीको ५ औं जिल्ला अधिवेशनको उद्य्घाटनसत्रमा मनतब्य राख्दै परियालले केन्द्रिय अधिबेशन सम्पन्न गर्नको लागि जिल्ला अधिबेसनलाई अभियानको रुपमा अगाडी बढाएको बताउनु भयो । उहाले संबिधानमा उल्लेखित भएका अधिकारहरु कार्यान्वय गर्न सबै दलित समुदाय एकजुट हुनुपर्ने बेला आएको बताउनु भयो ।
परियार समाजको ५ औँ जिल्ला अधिबेशनको उद्घाटन सत्रमा पुर्ब केन्द्रिय उपाध्यक्ष खड्क दर्नाल , लुम्बिनी प्रशेश संयोजक कृष्ण रणपाल, पुर्ब महासचिब अन्जन परियार,केन्द्रिय सदस्यहरु राम बहादुर परियार , बिष्णु परियार , परियार समाजका अगुवा प्रदिप परियार , पुर्व जनप्रतिनिधि आशा परियार , नेपाल पत्रकार महासघंका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल , रेडियो समन्वय बिभागका केन्द्रिय सदस्य श्याम घिमिरे , इन्सेब प्रतिनिधि कुल बहादुर नेपाली , दलित नेता दिनेश सुनार , जनजाति महासघं जिल्ला उपाध्यक्ष कृष्ण बहादुर सारु , परियार समाजका सचिब जङ्गबहादुर परियार लगायतले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रम परियार सेवा समाजका जिल्ला अध्यक्ष मणिराम परियारको अध्यक्षता र पत्रकार सागर परियारको संचालनमा सम्पन्न भएको हो । परियार समाजको उद्घाटन पुर्व सन्धिखर्क ,चुत्राबेशी बजार एरियामा बाजागाजा सहित ¥याली समेत निकालिएको थियो ।
परियार समाजको ५ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।