अर्घाखाची डट्कम सहकर्मी तथा बिदेश बिभाग प्रमुख सन्योजक डिआरजी सुमन भारतका बिभिन्न प्रान्तमा हुने कार्यक्रममा सहभागी हुने।

-डिलराज विसी,
चण्डीगढ़, स्वतन्त्र पत्रकारिता मार्फ़त स्थापित भई नेपाल कै पहिलो अनलाइकन संचार माध्यम अर्घाखाँची डटकम् को विदेश विभाग प्रमुख रहदै विदेशमा रहने नेपाली का कथा स्थलगत रुपमा रिपोर्टिंग गर्दै आउनु भएका डिआरजी सुमन यस पटक मध्यप्रदेश र उत्तराखंडको समेत यात्रा तय भएको छ ।

May be an image of 9 people and wedding

नेपालकै प्रथम अनलाईन मिडिया अर्घाखाँची मिडिया हाँउसका विदेश विभाग प्रमुख डिआरजी सुमनको १५ दिने  भारत यात्राको समय तालिका सार्वजनिक भएको छ । श्रावण महिना अर्थात् वर्षायामको अन्त्यसँगै प्रत्येक वर्ष नियमित रुपमा विदेश यात्रामा रहदै विदेशमा रहने नेपाली अर्थात् प्रदेशीका कथालाई स्थलगत रुपमा रिपोर्टिंग मार्फ़त समेट्नेगरी तय गरिने यात्रालाई निश्चित गरिएको छ ।

May be an image of 5 people and temple

नारीहरुको महान पर्व तीज अर्थात् हरितालिकाको समय पारेर भारत यात्रा तय गर्ने वार्षिक कार्यक्रम वमोजिम यस पटक चण्डीगढ़ केन्द्र मानेर सेप्टेम्वर ०१ देखी भारत यात्रा सम्बन्धित कार्य योजना तय भएको डिआरजी सुमनको निजी सचिवालय का विदेश सचिव डिलराज विसीले जानकारी गराउनु भएको छ ।

May be an image of 16 people

डिआरजी सुमनको भारत यात्रा को क्रममा भारतकै सुन्दर नगरी चण्डीगढ़ वाट सुरु भई उत्तराखंड वाट समापन हुने यात्रा समय तालिकामा उल्लेख गरिएको छ । ०१ सेप्टेम्वर देखी १६ सेम्टेम्वर सम्म तय भएको यात्रामा भारतीय भूमिमा नेपाली संस्कृतिको रक्षार्थ गरिएका क्रियाकलाप,भारतीय भूमिमा रहदै व्यावसायिक रुपमा स्थापित ठुला तथा साना लगानीमा संचालित व्यावसायिको अवस्था,भारतीय भूमिमा रहदै नेपाली संघ संस्था संचालन गरि रहने नेतृत्वको अवस्था,भारतीय भूमिमा रहदै सरकारी वा ग़ैरसरकारी रुपमा रोज़गारमा संलग्न नेपालीको अवस्था,भारतीय भूमिमा रहदै शिक्षा आर्जन गरी रहेका विद्यार्थीको अवस्था लगायतको विषयमा स्थलगत रिपोर्टिंग गरिने गरी यात्रा तय हुने गरेको डिआरजी सुमनको निजी सचिवालयले जानकारी गराएको छ ।

May be an image of 5 people

डिआरजी सुमनको यस पटकको यात्रामा विगतका वर्षमा जसरी स्टेज प्रोग्राम वाँ तामझाम गतिविधि भन्दा ग्राउण्ड तहवाट रिपोर्टिंग हुनेगरी यात्रा तय गरिएको डिआरजी सुमन निकट स्रोतले जनाएको छ । डिआरजी सुमनको भारत यात्राको सम्पूर्ण व्यवस्थापन डिआरजी सुमनको विदेश सचिवालय प्रमुख डिलराज विसी र शोभाखर भट्टराई ले गर्नु भएको छ ।

 तस्वीर : डिलराज विसी,चण्डीगढ़,भारत ।

May be an image of 2 people and text

May be an image of 3 people, people smiling, suit and temple

 

अन्य समाचारहरु