-कृष्ण परियार , बुटवल ।
बुटवल, १० भदौ- रुपन्देहीमा ७ औं संस्करणको २ दिने युवा उद्यमी सम्मेलन हुने भएको छ । युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ स्थापना भएको नेपाली युवा उद्यमी मंचले रूपन्देहीमा दुई दिने राष्ट्रिय नेतृत्व सम्मेलन गर्दैछ ।
नेपाली युवा उद्यमी मन्च रूपन्देहीको आयोजनामा टाइगर रिर्सोटमा हुने कार्यक्रममा माननिय उपप्रधानमन्त्री तथा अर्थ मन्त्री बिष्णु पौडेलले कार्यक्रमको उद्धघाटन गर्नुहुने छ । देशभरका युवा उद्यमीहरूलाई जमघट गराएर एक आपसमा उद्यमशीलता विकास र नेतृत्वका विषयमा छलफल हुने नेपाली युवा उद्यमी मंच रूपन्देहीका अध्यक्ष रिसव वझा जानकारी दिए ।
भदौ १४ र १५ गते दुई दिन हुने कार्यक्रमको तयारी पूरा भएको सोमबार बुटवलमा पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा द्धितिय उपाध्यक्ष अनिश कसौधनले बताए । डिजीटल युगमा नौलो र फरक सुबिधा सहित हाम्रो भबिस्य बारे र हामीले कसरी आफ्नो घर ,परिवार, साथीभाई , र वरिपरी तथा समाजमा कसरी उद्धमशिलता विकास कसरी गर्ने उद्धमशिलता मार्फत समावेशिता बढाउन र हरेक सदस्यहरु सङ भयका फरक क्षमतालाई , विविध प्रतिभालाई ,सानोसानो काम मार्फत र स– सानो लघु उद्धमका मार्फत प्रोत्साहित गर्न मद्दत गर्न सकिन्छ भन्नेबारे उद्देश्यका साथ युवा उद्ममी मन्च को साझा धारण बनाउने यो सम्मेलको मुख्य एजेन्डा रहेको संयोजक कसौधनले जानकारी दिए ।
कार्यक्रममा देशभरका युवा उद्यमीहरू भेला हुनेछन् । भेलामा प्यारालाल ट्क, ललिङ्ग चेयर,कनेक्ट, पेसिडेन्ट मिट गरि ७ चेयर छलफ हुनेछ । कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघ का पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रि का पूर्व उपाध्यक्ष सुरज वैद्म, रवि रायमाझी प्रमुख वक्ताहरू भएको उनले बताए । नेपाली युवा उद्यमी मंचले आफनो वार्षिक कार्ययोजना अनुरूप दुई दिने राष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न गर्न लागेको राष्ट्रिय गर्भनिङ काउन्सिलका अध्यक्ष कुसल सुन्दर श्रेष्ठले बताए ।
नेपाल भरमा रहेका १४ च्याप्टरबाट १८२ जना युवा उद्यमीहरू गोष्ठी र तालिममा सहभागि हुने छन । काठमाण्डौं, बिरगंज, जनकपुर ,ललितपुर, पोखरा, बिराटनगर, चितवन, सुनसरी, कैलाली , काभ्रे झापा ,सुनसहरी नेपालगंज, कैलाली र रूपन्देही गरी १४ च्याप्टरमा ८ सय ५० बढी युवा उद्यमीहरू रहेको युवा उद्यमी मञ्वका मिडिया चेयर मन्जिल विश्वकर्माले बताए ।