रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने जनाइएको छ ।

आज बस्ने बैठकमा पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका डा. मुकुल ढकालमाथि अनुशासनको कारवाहीबारे छलफल हुने पार्टीले जनाएको छ । रास्वपाले दोस्रो पटक स्पष्टीकरण सोधिएका डा. ढकाललाई साधारण सदस्यबाट पनि हटाउने विषयमा छलफल गर्नेछ । ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ ।

आजको बैठकमा आगामी असोजमा हुने राष्ट्रिय भेला छाया सरकार सञ्चालन कार्यविधि, संगठन सुदृढीकरण र विस्तारलगायत समसामयिक विषयमा पनि छलफल हुनेछ । रास्वपाको आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने तयारी छ ।