-सन्तोष सुनार , अर्घाखाची डट्कम।
भाद्र ,११ सन्धिखर्क ,अर्घाखाँची । नेपालको संविधानले स्थानीय सरकारलाई दिईएको २२ओटा अधिकारलाई प्रयोग र अभ्यास गर्न स्थानीयतहको समाधान गर्न सक्ने विषय तथा पालिका मार्फत केन्द्रिय सरकारलाई ध्यानाकर्षण गराउनको लागि राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिले सन्धिखर्क नगरपालिकाको कार्यलयमा १५ बुदे ज्ञापनपत्र नगर् प्रमुख कृष्ण प्रसाद श्रेष्ठलाई बुझाएको छ।
नेपालको रास्ट्रीयता,सार्वभौम सत्ता र अखण्डताको रक्षाका लागि नेपाल् -भारत बिच भएको सन १९५० को असमान सन्धी ,विभिन्न रास्ट्रघाती सन्धी सम्झौता खारेजी, कालापानीमा भारतिय सेनाको कव्जा,भारत द्वारा नेपालको भुमिमा भईरहेको अतिक्रमण,अमेरिकाले नेपाल माथी लादेको एम.सि.सि.सम्झौता बिषयमा नगरपालिका मार्फत सरकारको ध्यानाकर्षण गराएको हो।
त्यसै गरि देशको पालिका भित्र आई परेका समस्याहरु जस्तै; पालिकामा बढिरहेको बेरुजु, विभिन्न अनुत्पादक क्षेत्रमा भइरहेको खर्च नियन्त्रण, शैक्षिक क्षेत्रमा गुणस्तर वृद्धि गरि उपयोगी शिक्षा र स्वरोजगारको लागि पालिकाको भुमिका,सहकारी दर्ता तथा नियमन र अनुगमन ,सार्वजनिक सवारी यातायातमा मनपर्दी ढंगबाट असुली गर्ने भाडा माथी रोक ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
पालिकामा बढदो क्रममा रहेको अव्यवस्थित ब्यवसाय पसल मार्फत हुने कालोबजारी बढदो महङ्गि र विचौलिया तन्त्रको अन्त्य,अर्थपूर्ण बजार नियमित अनुगमन, किसानहरुको उत्पादन कृषि उपजको वास्तविक मूल्य र किसानलाई आवश्यक कृषि सामाग्री मल, बीउ ,बिसादी तथा प्राविधिकको नियमित बारे नगरपालिकालाई यस्ता समस्याको समाधान खोज्नको लागि ध्यानाकर्षण गराएको हो ।
पालिका भित्र स्वास्थ संस्थामा साधन श्रोत बिहिनको समस्या ,योग्य र अनुभवी डाक्टरको कमि , महामारि फैलिएमा आवश्यक पर्ने सामाग्री खरिद तथा भौतिक पुर्वधारको निर्माण जस्ता महत्त्वपूर्ण विषयमा आवश्यक योजना बनाउन आग्रह समेत गरेको छ। यस पालिकाबाट गरेका बिकास निर्माणका काममा दिगो र जनमुखी बनाउन नियमित अनुगमन लाई तिब्रता र प्राकृतिक बिपत्तिबाट क्षेती कम गर्नको लागि आवश्यक योजना र बिपत ब्यवस्थापन समितिको तयारी भन्ने विषय पनि पत्रमा उल्लेख गरिएको थियो।
पत्रमा खेतियोग्य उर्वर जमिनलाई उत्पादन क्षेत्रको रुपमा उपयोग ,सार्वजनिक , प्राकृतिक, सांस्कृतिक सम्पदा र पर्यावरण संगै वातावरणिय स्वच्छताको निम्ति आवश्यक कार्ययोजना जस्ता विषयमा गम्भीरता पुर्वक ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको थियो।
ज्ञापनपत्र बुझाउन जाने प्रतिनिधिहरुमा शेरबहादुर बिसि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार,यमलाल पोख्रेल राजमो केन्द्रिय सदस्य ,पशुपति ढकाल जिल्ला प्रवक्ता नेकपा मसाल, गोपाल पौडेल राजमो जिल्ला उपाध्यक्ष ,गोबिन्द बिसि सन्धिखर्क नगर समिति अध्यक्ष ,लिला भुसाल राजमो नगर कोशादक्ष्य,भिमलाल आचार्य राजमो जिल्ला सचिवालय सदस्य,कमल प्रसाद भुसाल राजमो जिल्ला सचिवालय सदस्य,रुद्र पराजुली राजमो जिल्ला सदस्य, दिलदार हुसेन राजमो जिल्ला सदस्य, निमिराज भट्टराई राजमो जिल्ला सदस्य ,सिद्दी प्रसाद भट्टराई राजमो नेता,वसन्त खडका राजमो नगर सह-सचीव,सालिकराम बन्जाडे नगर सदस्य,देवि प्रसाद पौडेल नगर सदस्य,कृष्ण खनाल नगर सदस्य ,राधा आचार्य नगर सदस्य ,उषा पुन केन्द्रिय सचीव अखिल नेपाल जनजाती सम्मेलन,मिना बिसि जिल्ला कोषाध्यक्ष अखिल नेपाल महिला संघ ,जनक पुन जिल्ला अध्यक्ष अखिल नेपाल जनजाती सम्मेलन ,भुपाल बिसि जिल्ला कोषाध्यक्ष अखिल नेपाल युवक संघ ,शान्ती देवि पौडेल नगर सदस्य अखिल नेपाल महिला संघ लगायतको उपस्थिति रहेको थियो।
ज्ञापनपत्र बाचन कमल प्रसाद घिमिरेले गर्नु भएको थियो । नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले ज्ञापनपत्र बुझ्दै राम्रा बिषय उठान गरि ज्ञापनपत्र दिएकोमा धन्यवाद ब्यक्त गर्दै सकेसम्म कार्यन्वयन गर्ने प्रतिवद्द्ता जनाउनु भयो।