-केशब राज ज्ञवाली , अर्घाखाँची डट्कम।
अर्घाखाँची – नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निरीक्षण भ्रमण गर्दै कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरीको काम कर्तव्य अधिकार, प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता सहित नीति निर्देशनको पालना गर्दै उच्च कोटिको कार्य सम्पादन गर्न निर्देशन दिएका छन ।
प्रहरिले कार्य सम्पादन गर्दा मानव अधिकारको संरक्षणमा ध्यान दिदै जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न पनि कुंवरले निर्देशन दिएको जिप्रका अर्घाखाँचीले जनाएको छ ।
अपराध रोकथाम र नियन्त्रणमा परिस्थितीवश समाजमा देखा पर्ने नविनतम् सुरक्षा चुनौती र त्यसले समग्र समाजको शान्ति सुरक्षामा पार्ने असरमा पनि ध्यान दिनुपर्ने कुवरको जोड रहेको छ ।
विपदका घटनाहरुबाट उत्पन्न हुन सक्ने प्रतिकूल परिस्थिति, समुदाय-साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय नागरिकहरूसँगको सहकार्यमा जनअपेक्षा अनुरुपको प्रहरी
सेवा प्रदान गरी उच्च मनोबलको साथ नेपाल प्रहरी संगठनप्रति कर्तव्यनिष्ठ र ईमान्दार रहि ‘Chain of Command’ लाई पूर्णतः कायम गर्दै सांगठनिक र विभागीय नीति निर्देशनहरूको अक्षरस पालना गरी कुशल कार्य सम्पादन गर्न महानिरिक्षक किंवरले निर्देशन दिएको पनि अर्घाखाँची प्रहरिले जनाएको छ ।