-सुर्य प्रसाद भुसाल ।
अर्घाखाँची – खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय अर्घाखाँची का प्रमुख रामभरोस यादबले अर्घाखाँचीमा रहेका अार्थिक बर्ष २०८०/२०८१ सम्पन्न गर्नु पर्ने सबै योजनाहरु सम्पन्न भएको बताएका छन ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीका कर्मचारीहरुले गुणस्तरीयतामा कमि हुन नदिने गरि फिल्ममा खटेर काम गरेपछि अार्थिक बर्ष २०८०/२०८१ को प्रगति १०० प्रतिसत सम्पन्न भएको हो । डिभिजनले अर्घाखाँचीमा अनुगमन निरिक्षण गरेर गुणस्तर काम भए नभएको प्राबिधिक मुल्यांकन गरेर मात्रै यस अार्थिक बर्षमा रकम भुक्तानी गरेको डिभिजन प्रमुख रामभरोस यादबले जानकारी दिए ।
डिभिजनमा कार्यालय प्रमुख ईन्जिनियर रामभरोस यादब सब ईन्जिनियर गोबिन्द आचार्य बिकास पौडेल प्राबिधिक राम प्रसाद पोख्रेल सहितका प्राबिधिक कर्मचारीहरु नियमित रुपमा खानेपानीका कामहरु भएका साईटमा पुगि गुणस्तरीय काम गराउने गरेका सितगङ्गा नगरपालिका वार्ड नम्बर १० का पुर्व वार्ड अध्यक्ष हिम्मत पोख्रेलले जानकारी दिए ।
डिभिजनका कर्मचारीहरुले राम्रो काम गराएको भन्दै उनिहरु लाई स्थानिय बासिन्दा देखि जनप्रतिनिधि हरुले खुलेरै प्रशम्सा गर्ने गरेका सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ का प्रकाश महत्रा बताउछन ।
कर्मचारीले बिहान बेलुका कार्यालयको काम गर्ने र दिउसो साईटमा पुगेर उपभोक्ता समितिले गरेका कामहरु गुणस्तरीयता मा कमि आउन नदिने गरि काम गरेकाले अार्थिक बर्ष २०८०/२०८१ मा नतिजा पनि राम्रो अाएको खानेपानी सरसफाइ मार्यलय अर्घाखाँचीका डिभिजन प्रमुख रामभरोस यादवले बताए ।
प्रमुख यादबको निर्देसनमा कर्मचारी प्राबिधिक फिल्डमा खटिने र गुणस्तरीय छिटोछरितो काम गराउने काममा आफुहरु दिनरात नभनि साईट मा पुगेर काम गरेको कार्यालयका सब ईन्जिनियर गोबिन्द आचार्यले बताए ।
नियमित काममा निकै ब्यस्त रहने कर्मचारीहरुका कारण अर्घाखाँचीमा खानेपानीले सोचेभन्दा बढि प्रगति हासिल गर्न सफल भएको छ। भने खानेपानी योजना तोकिएको समय अबधिमा सम्पन्न हुने गरेका छन । प्रमुख राम भरोस यादब सहितका कर्मचारीहरु बिहान देखि बेलुका सम्म बिदाको दिनपनि नभनि उपभोक्ता र जनताहरुको काममा ब्यस्त देखिने गरेको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोईरालाको दाबि छ ।
खानेपानीमा अाउने उपभोक्ताहरुलाई राम्रो सुझाब सल्लाह दिने काम गर्न प्रेणित गर्ने सहज सरल तरिकाबाट सेवा दिने पहिचान बनाउनका लागि सोही अनुसार अर्घाखाँचीमा प्रमुख रामभरोष यादबले कर्मचारीलाई परिचालन गरि मुस्कान सहितको सेवा दिएको भन्दै राम भरोस यादबको खुलेर प्रसन्शा गर्छन ।