डा. मुकुन्द ढकालले महामन्त्रीबाट हटाएको विषयमा दिए पार्टीमा पुनरावेदन निवेदन

काठमाडौँ- डा. मुकुन्द ढकालले आफुमाथि गरिएको कारबाहीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पुनरावेदनको निवेदन दिएका छन् ।

ढकालले आफुलाई महामन्त्री पदबाट हटाएको विषयमा पुनरावेदन निवेदन दिएको जानकारी दिएका हुन् ।

मुकुल ढकाल भन्छन् – मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो


उनले आफुलाई पार्टीले हटाउने निर्णय गरेको ३५औँ दिन मात्र सो सम्बन्धि पत्र प्राप्त गरेको भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताएका छन् । उनले आफ्नो निवेदनमा पार्टी सभापतिविरुद्ध बोलेकै भरमा आफुमाथि कारबाही गरिनु निरङ्कुश शैली भएको उल्लेख गरेका छन् ।

उनले पार्टी सभापतिमाथि सहकारी रकम ठगी, पासपोर्ट दुरुपयोग जस्ता आरोप लागेको र आफुले सो को विरोध गरेको निवेदनमा उल्लेख गरेका छन् ।