महंगी ,भ्रष्ट्राचार र मिटरब्याजको विरुद्द क्रान्तीकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखांचीको आयोजनामा सन्धिखर्कमा विरोधसभा सम्पन्न।(तस्बिर सहित)

-सन्धिखर्क , अर्घाखाची डट्कम।

अर्घाखांची- राष्ट्रीयता,जनतन्त्र,र जनजिविकाको पक्षमा महंगी भ्रष्ट्राचार र मिटरब्याजको विरुद्द क्रान्तीकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति अर्घाखांचीको आयोजनामा जिल्लाको सदरमुकाम सन्धिखर्कमा विरोधसभा सम्पन्न भएको छ।

May be an image of 10 people, crowd and text

सभालाइ क्रान्तीकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य ५ न ब्युरो सह-संयोजक कृष्ण केसीले सम्बोधन गर्नु भएको थियो।

May be an image of 7 people, monument and text

सभालाई सम्बोधन गर्दै दलाल संसदीय व्यवस्था रहेसम्म भ्रष्ट्राचार, महंगी,वेरोजगारी,जनतालाइ ठगी गर्ने क्रम नरोकिने र अन्त नहुने भएकोले नेपाली जनता एक जुट भएर नया जनवादी व्यावस्था हुदै बैज्ञानिक समाजवादी व्यवस्था निर्माणमा लाग्नु पर्ने बताउनु भयो।

May be an image of 10 people and text

यसै प्रसंगलाइ जोड्दै जनता इतिहासका निर्माता भएकोले जनताले चाहेको ब्यबस्था छिट्टै आउने बताउनु भयो। बिरोध सभालाइ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संयोजक राजेन्द्र नेपालीले सन्चालन गर्नु भएको थियो।