अर्घाखाँची । अखिल नेपाल महिला संघ र क्रान्तीकारी महिला संगठन अर्घाखाँची बिच एकता भेला सम्पन्न भइ क्रान्तीकारी महिला संघ अर्घाखाँची बनेको छ। उक्त एकता भेलामा क्रान्तीकारी महिला संघकी केन्द्रीय सदस्य सिता भट्टराइ प्रमुख अथिती रहनु भएको थियो।
प्रमुख अथिती सिता भट्टराइले आधा धर्ती आधा आकास ढाक्ने महिलाहरु लाइ यो दलाल ब्यबस्थाले दासको रुपमा प्रयोग गरेको बताउदै ,यो ब्यवस्थाको अन्त गरी समता मुलक समाजको निर्माण गर्न सम्पुर्ण उत्पिडित महिलाहरुलाइ एक जुट भएर संगठित हुन आब्हान गर्नु भएको छ।
बिशिष्ठ अथितीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य ५ न ब्युरो सह संयोजक कृष्ण केसी , केन्द्रीय सचिवालय सदस्य गुल्मी इन्चार्ज नरेन्द्र थापा, जिल्ला संयोजक राजेन्द्र नेपाली, सह संयोजक तकमान राउत,नरीश्वर पान्डेले सम्बोधन गर्नु भएको थियो।
क्रान्तीकारी मजदुर संघ अ .खा संयोजक हिम्मत बि क, क्रान्तीकारी किसान महासंघका ज्ञान प्रसाद भुसाल ,अखिल नेपाल शिछक सघ के उपाध्यक्ष दल ब खत्री, क्रान्तीकारी युबक सघ अ खा का कमल वि क, क्रान्तीकारी कम्युनिस्ट पार्टी नेपाल ५ ब्युरो सदस्य मालारानी इन्चार्ज अशोक थापा, सन्धिखर्क संयोजक खेमराज भट्टराइको आथित्यता रहेको थियो।
भेलाले माया नेपाली संयोजक र सिता भट्टराइ सह संयोजक रहेको ३१ सदस्यीय जिल्ला संगठन समिति गठन गरेको छ।
एकता भेला मजन्ता नेपालीको अध्यक्षतामा माया नेपालीको सन्चालन र मिना केसीले स्वागत मन्तव्य राख्नु भएको थियो। शहिदहरुको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो ।