सर्वोत्कृष्ट एकल तिजगीत अवार्ड मोतिराजको पोल्टामा (तस्बिर सहित)

-सुभाष ज्ञवाली ,काठमान्डौ  ।

काठमान्डौ  । स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ आयोजित दोस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८१ को फाईनल कार्यक्रम चलचित्र बिकास बोर्ड चाबहिल काठमाण्डौमा भब्यता पुर्वक सम्पन्न भएको छ ।

विशाल मुभीजको आयोजनामा राखिएको कार्यक्रमको अध्यक्षता यसै सस्थाका अध्यक्ष हुम गैरेले गरेका थिए भने कार्यक्रममा राशि रिजालले उध्घोषण गरेकी थिइन ।
प्रतिनीधी सभा सदस्य तथा नेकपा एमाले संसदीय दलकी सचेतक महिला नेत्री माननिय सुनिता बरालको प्रमुख आतिथ्यता,पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल,बरिष्ठ लोक गायक दुर्गा रायमाझी,ईन्द्र जि.सी, राजेन्द्र कुमार कार्की,नाचघरका पुर्व जि.एम लक्ष्मण रायमाझी लगायतको बिशिष्ट आतिथ्यतामा सम्पन्न फाईनल कार्यक्रममा तिज गीत संग सम्बन्धीत २२ बिधाका करिब ३२ जना कलाकारहरुलाई अवार्ड बितरण गरीयको थियो ।

यसैक्रममा लोक गायक तथा सर्जक मोतिराज खनालले उत्कृष्ट एकल तिजगीत गायकको अवार्ड बिजेता बनेर २०८० सालमा रेकर्ड कायम गरेका छन । खनालले दुइदशक देखि गीत संगितमा आफ्नो समय समर्पित गर्दै आएका छन ।

खनालका दर्जनौं गीत बजारमा आइसकेका छन । खनालका गीतमा मौलिकता भेटिन्छ भने संस्कृती पनि झल्किएको हुन्छ । संघर्षको इतिहास बोकेका खनालले यसपाली पनि नक्कले साईली नामक तिजगीत सार्वजनिक गरेका थिए । उक्क्त गीतले राम्रो बजार पाएको थियो । यही नक्कले साईली तिजगीतले खनाललाई अवार्ड पनि दिलाएको छ ।

कार्यक्रममा अवार्ड बितरण,सम्मानको कार्यक्रम संगै बिबिध साँस्कृतीक कार्यक्रम पनि रहेको कार्यक्रम सयोजक कमला बि.शी.ले जानकारी गराईन ।

दोस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८१मा अवार्ड तथा सम्मान प्राप्त गर्ने कलाकारहरुको नामावली

१. सर्वोत्कृष्ट एकल तिज गीत गायक मोतिराज खनाल्व ( नक्कले साईली )

२.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) बिमला गैरे (बिरहको तिज भाग ४)
३.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) जुरी मायाँ पाठक (आमा)
४.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) पब्लीक च्वाईस् मञ्जु पाण्डे (बाटुलो ऐना)
५.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) शुभद्रा श्रेष्ठ (तनहुँको रेल)
६.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) जुरी सोनी श्रेष्ठ (माईतीको आँगनी)
७.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) सुरेन्द्र सुनार (बबाल मायाँ बबाल)
८.सर्बोत्कृष्ट तिज गीत (गायिका) आश्मा बिश्वकर्मा (कम्मरमा छड्के तिलहरी)
९.सर्बोत्कृष्ट तिज गीत (गायिका) पपुलर सुनिता बुढा क्षेत्री (गुलेलीले जुरेलीलाई)
१०.सर्बोत्कृष्ट तिज गीत (गायिका) पब्लीक च्वाईस् बिष्णु थापा मगर (माईती देश)
११.सर्बोत्कृष्ट तिज गीत (गायक) हरी खत्री (रुपा रानी)
१२.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) ईन्द्रा परियार (लाकुरी डाँडैको)
१३.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) पब्लीक च्वाईस् तुलसा सुनुवार (म जान्छु माईत)
१४.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) जुरी प्रगती बिष्ट (गुराँस फुलेको)
१५.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) हेम नारायण श्रेष्ठ (माईती देश)
१६.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) हरीकला सुनार (ठोक मादल)
१७.सर्बोत्कृष्ट तिज गीत (मौलिक शब्द संकलक) कुमार कार्की (बाबैले दिए नि टाढा)
१८.सर्बोत्कृष्ट तिज गीत (मौलिक शब्द संकलक) जुरी सन्जिता खड्का (बालेनको शहर)
१९.सर्बोत्कृष्ट तिज गीत (लय संकलक) सुमन ढकाल (छाता बर्खे झरीमा)
२०.सर्बोत्कृष्ट तिज गीत (लय संकलक) जुरी कबिराज शाही माईती देश
२१.सर्बोत्कृष्ट तिज गीत (मौलिक लय संकलक)मदन राई (छड्के तिलहरी)
२२.सर्बोत्कृष्ट तिज गीत (मोडल पुरुष) भुवन के.पोखरेल (नक्कले साँईली)
२३.सर्बोत्कृष्ट तिज गीत (नव मोडल पुरुष) बिष्णु परियार (बिरहको तिज भाग ४)
२४.सर्बोत्कृष्ट तिज गीत (निर्देशक) राजन मर्हजन (म जान्छु माईत)
२५.सर्बोत्कृष्ट तिज गीत (छायांकार) रोशन भाट (बर र पिपल)
२६.सर्बोत्कृष्ट तिज गीत (भजन) खिमानन्द खरेल (कैलासपती शिबजी)
२७.सर्बोत्कृष्ट तिज गीत (भजन) जुरी प्रकाश सापकोटा (जप्दै जप्दै श्री हरी)
२८.सर्बोत्कृष्ट तिज गीत (भजन) जुरी कृष्णा मल्ल ठकुरी पब्लीक च्वाईस् मनले हरी पुकार
२९.सर्बोत्कृष्ट लाईभ तिज गीत (गायक) दिपेन्द्र पौडेल
३०.सर्बोत्कृष्ट तिज गीत (बाल प्रतिभा) अर्पणा बस्याल (बिरहको तिज भाग ४)
३१.बर्षको सर्बोत्कृष्ट तिज गीत तिलु शर्मा पौडेल,प्रबेश पौडेल (छोरी भर जन्मनु)

सम्मानितहरु
१.बरिष्ठ ठेट लोक गायिका पबित्रा रसाईली (मौलिक ठेट गायिका सम्मान २०८१)
२.बरिष्ठ सर्जक धर्मराज गीरी (मौलिक सर्जक सम्मान २०८१)
३.बरिष्ठ क्यामेरा पर्सन केशब अधिकारी (खत्री) (कलाकारीता सम्मान २०८१)
४.मोडल रमा सिंह ठकुरी (कलाकारीता सम्मान २०८१)
५.गायिका सर्जक आशा गौतम (कलाकारीता सम्मान २०८१)
६.सुनिल खनाल (कला सम्मान २०८१)
७ .नवराज भट्टराई (कलाकारीता सम्मान २०८१)
८. जिबन राई (कला सम्मान २०८१)
९. भक्त बा.के.सी. (समाज सेवा सम्मान २०८१)
१०. मनोज लुहार (कला सम्मान २०८१)
११. निर श्रेष्ठ (समाजसेवा सम्मान २०८१)
१२. बिजेन्द्र नौबागे (जुरी सम्मान २०८१)
१३. महेश शिब भक्त (कला सम्मान २०८१)