नेपालमा समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव छैन : नारायणकाजी श्रेष्ठ

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालका पूरा भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति रहेको बताउनुभयो । उहाँले पुँजीवादी बाटोबाट राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताउनुभयो । उहाँले समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई बिस्तारित गर्दै एउटा बिन्दुमा पुग्नुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिले सामन्तवादी उत्पादन ढाँचा नरहेको बताउनुभयो ।