संविधान दिवसका अवसरमा माफी पाएर रिहा हुँदै हजार कैदी (सूचीसहित)

 

काठमाडौं- सरकारले आगामी असोज ३ गते पर्ने संविधान दिवसका अवसरमा एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ ।

असोज ३ गते संविधान दिवसका अवसरमा उनीहरूलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो । थुनामुक्त हुनेहरूको सूची कारागार व्यवस्थापन विभागले बिहीबार सार्वजनिक गरेको छ।

विभागले यसअघि गत असार ९ गते ७ दिने सार्वजनिक सूचना निकालेर ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावली प्रकाशित गरेको थियो ।

ती ६२० जना छुट्न बाँकी नै छ । विभागले मंगलबार थप ४९२ जनाको नामावलीसहित थुनामुक्त हुनेहरूको सूचीसहित  ७ दिने सूचना निकालेको छ ।

सबै स्थानीय तहलाई निर्देशन (!): संविधान दिवसमा सरसफाइ र दीप प्रज्वलन गर्नू | Palika Khabar

सजाय मिनाहा गर्न लागिएका कैदी बन्दीहरूविरुद्ध उजुरी वा गुनासो भए विभागमा उपलब्ध गराइदिन भनिएको छ । विभागले गत असार ९ गते र भदौ १६ गते सूचना निकालिएका कैदीहरूलाई संविधान दिवसका दिन माफी मिनाहाका लागि एकसाथ सिफारिस गरिने जनाएको छ ।

सरकारले खासगरी जेठ १५ गतेको गणतन्त्र दिवस र असोज ३ गतेको संविधान दिवसमा अनुशासन र आचरण हेरेर सयौँ कैदीलाई रिहा गर्दै आएको छ ।

तर यस पट गत जेठ १५ गतेको गणतन्त्र दिवसका दिन पनि कैदीको सजाय माफी मिनाहा हुनुपर्ने थियो । सर्वोच्च अदालतको आदेशपछि नियमावली संशोधनमा जाँदा रिहा गर्न नसिएको थियो । अब अहिले नामावाली प्रकाशित गरेर एक हजारभन्दा धेरै कैदीको सजाय माफी गर्न लागिएको हो ।

सूचनाअनुसार परेका उजुरीका आधारमा विभागले असार ९ मा प्रकाशित ६२० जनाबाट १९ जनाको नाम हटाएको छ । असार ९ र भदौ १६ सहित हजारबढीले यस पटक माफी मिनाहा पाउने छन् ।

अब सात दिने उजुरीको समय गुज्रिएपछि कैदीहरूको सजाय माफीका लागि गृहमन्त्रालयमार्फत सरकारकहाँ सिफारिस गरिने भएको छ ।