उपसभामुखको बचाउमा उत्रियो माओवादी: उपसभामुख इन्दिरा राना मगरलाई महाभियोग नलगाउन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेलाई चेतावनी

उपसभामुख इन्दिरा रानालाई अमेरिकाले भिसा दिन अस्वीकार « Palika Online

 

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले उपसभामुख उपसभामुख इन्दिरा राना मगरलाई महाभियोग नलगाउन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेलाई चेतावनी महाभियोग नलगाउन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेलाई चेतावनी दिएको छ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले उपसभामुख रानालाई महाअभियोग लगाउने काम नगर्न मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमार्फत् सत्तारुढ दललाई खबरदारी गरेका हुन् ।

पौडेलले सहमतिमा आधारमा निर्वाचित उपसभामुखलाई हटाउने कुरा निकै दुःखदायी हुने बताउँदै यसले लोकतन्त्र अघि बढ्न नसक्ने पनि उल्लेख गरे ।

पौडेलले रानामगरविरुद्ध महाभियोगतर्फ अघि नबढ्न सत्तारुढ दलहरूलाई खबरदारी गरेका हुन् ।

प्रश्न उठेर राजीनामा दिने हो भने मन्त्रीहरूबारे पनि त्यस्तै अवस्था रहेको उनले बताए । पौडेलले सामाजिक सेवाका कामबाट अघि बढेका व्यक्तिलाई शक्तिको प्रयोगबाट चौतर्फी घेर्ने काम उचित नभएको धारणा रखे । संविधान संशोधन गर्न आफूहरू पनि तयार रहेको बताउँदै उनले प्रधानमन्त्री फेर्ने तुरुपको रुपमा त्यस्तो गर्न नसकिने स्पष्ट पारे । संविधान संशोधनमार्फत दुई दलले मात्रै राज्य चलाउने कसैको सपना भए त्यो सम्भव नरहेको उनले बताए ।

नेता पौडेलले प्रश्न उठेपछि राजीनामा दिने हो भने अहिले क्याबिनेटका १०औं मन्त्री विवादमा रहेको बताए । गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली आफैँ जोडिएको भन्दै उनले राजीनामा दिन तयार हो भनेर सोधे।

उपसभामुख इन्दिरा रानालाई अमेरिकाले भिसा दिन अस्वीकार « Palika Online

‘एक जना महिला, जनजाति, सहमतिको आधारमा आउनुभएको, समाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो बनेको दुईतिहाइको सरकारले हटाउने कुराको यो सदनमा प्रवेश हुने कुरा निकै दुःखदायी छ । यसले लोकतन्त्र अगाडि बढ्न सक्दैन । यस प्रकारका कुराहरु सरकारले गम्भीरतापूर्वक सुनोस्’, उनले भने, ‘यदि हो भने नगर्न हामी खबरदारी गर्न चाहन्छौं । प्रश्न उठेपछि राजीनामा दिने हो भने १०औं मन्त्रीबारे प्रश्न उठेका छन् । राजीनामा दिनुहुन्छ ? लाउडामा प्रश्न उठ्यो, वाइटबडीमा उठ्यो, भुटानी शरणार्थीमा उठ्यो, बालुवाटार जग्गा प्रकणमा उठ्यो, गिरीबन्धुमा प्रश्न उठ्यो राजीनामा दिन तयार हुनुहुन्छ ?’

पौडेलले समाजलाई अस्थिरतातर्फ लैजाने भन्दा पनि विकास-निर्माणका काममा केन्द्रित हुन सत्तारुढ दलहरूलाई सुझाव दिए । यसअघि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तारुढ दलको तयारीको विरोध गरेका थिए।

पाण्डेले उपसभामुख रानालाई हटाउने सत्तारुढ दलको तयारीमा आफूहरूको कडा विरोध रहेको बताए । ‘उपसभामुख रानालाई पदबाट हटाउने समाचार छ्पाप्छ्याप्ती आएको बताउँदै उनले यदि त्यसो हो भने माओवादीले कडा प्रतिवाद गर्ने उनले बताए ।

उपसभामुख रानाले पदीय मर्यादाविपरीत अमेरिका जानका लागि केही मानिसहरूलाई सिफारिस गरेर दूतावासलाई पत्र लेखेको भन्दै प्रतिनिधि सभामा प्रश्न उठिरहेको छ ।सत्तारुढ दलहरूले पनि उपसभामुख रानाले मार्ग प्रशस्त नगरे महाभियोग लगाउने तयारी गरेका छन् । सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले नै रानामगरलाई हटाउनुपर्ने प्रस्ताव राखेका थिए ।

-एनपी