-सागर महत , अर्घाखाची ।
सन्धिखर्क । अर्घाखाँचीमा २ दिने आँखाको मोतीबिन्दुको निःशुल्क अपरेशन शिविर मंगलबारबाट सुरु भएको छ । शिविरमा मोतीबिन्दु लगायत रोगका बिरामीहरु सहभागीता रहेका छन । पछिल्लो समय आँखाको मोतीबिन्दुका बिरामीको संख्या बढ्दै गएकाले यसको रोग थाम र उपचारका सबै पक्ष जिम्मेवार हुने समय आएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।
अर्घाखाँची दिगो विकास केन्द्र र रोटरी क्लव अफ महाराजगन्ज काठमाण्डौको आयोजनामा सन्धिखर्कमा भएको शिविरमा बोल्दै उनले यस्तो बताएका हुन ।नगरपालिकाले नागरिक सँग जोडिने हरेक किसिमका सेवा प्रवाहमा समन्वयमा काम गर्न तयार भएको उनको भनाइ छ ।
यस्तै नगरप्रमुख श्रेष्ठले आगामी शिविरमा जो उपचारबाट बन्चीत छ ।त्यसलाई पहिलो प्राथामिकतामा राखेर नगर भित्र रहेका नागरिकलाई उपचारको पहुँचमा ल्याउने बताए ।काठमाण्डौंमा बसेर भएपनि विगत ४ वर्षदेखि जिल्लाका ग्रामीण तह सम्म स्वास्थ्य शिविर गर्दै आएको राष्ट्रिय योजना आयोगका बोर्ड सस्य तथा दिगो विकास
केन्द्र अर्घाखाँचीका अध्यक्ष डा। जय बहादुर टण्डनले भनाइ छ। यस अघि छत्रदेव गाउँपालिका ,मालारानी गाउँपालिकामा विशेषज्ञ डाक्टर सहितको शिविर आयोजना गरेको बताए ।जुन शिविरबाट जो उपचारको लागि सदरमुकाम सन्धिखर्क सम्म पनि आउन नसकेका बिरामीले पनि सेवा लिएको उनको भनाइ छ ।
हामी गाउँ ठाँउमा जाँदा जिल्लाका अधिकामश मोतीबिन्दुका बिरामी धेरै भेटेका थियौं आवश्यक अनुसार शिविर संचालन गरेका हौ ।
जिल्लाबाट बुटवल काठमाण्डौ लगायतका क्षेत्रमा आँखाको अपरेशन गर्न जाँदा बिरामीको ३५ हजारदेखि ४० हजार खर्च हुने गरेको पाइएको छ ।यहाँ हामीले निःशुल्क शिविर गरेका छौं ।यसबाट बिरामी खुशी भएका छन ।
यो अभियानबाट ५ वर्षमा ५ सय बढीलाई सेवा दिने उदेश्य रहेको दिगो विकास केन्द्र अर्घाखाँचीका उपाध्यक्ष डा।मुक्तीराम श्रेष्ठले बताए ।
दिगो विकास केन्द्र अर्घाखाँचीले जिल्लाका विभिन्न स्वास्थ्य चौकीमा आवश्यक उपचकर पनि प्रदान गर्दै आएको छ ।
जो आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गराउन सकेका हुँदैन हामीले त्यस्ता बिरामीलाई प्राथामिकतामा राखेर उपचार गरेको डा। श्रेष्ठको भनाइ छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी मेघनाध पाध्यले बाहिरी वातावरण नदेख्नेहरुले यो अभियान अन्तर्गत उपचार पाएपछि देख्न पाउँदा फरकपनको महसुस हुने बताए ।
जिल्ला आँखा अस्पतालका प्रमुख सागर घिमिरेले विगत ४ वर्षदेखि यो संस्थाको समन्वयमा निःशुल्क सेवा प्रदान गर्दै आएको बताए ।
नेपाल नेत्र ज्योति संघ अर्घाखाँचीका अध्यक्ष दलबहादुर केसीले पहिला अर्घाखाँचीमा आँखाको अपरेशन सेवा नहुँदा जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बताए।आजभोली सेवा विस्तार भएर नागरिकलाई केहि राहत भएको उनको भनाइ छ ।
यो शिविरबाट १सय बढीलाई सेवा दिने लक्ष्य रहेको छ। शिविरमा नेपाल ग्लोबल मेडिकल फाउन्डेसन अस्ट्रेला र दिल कुमारी केसी मेमोरियल फाउन्डेसन काठमाण्डौंको आर्थिक सहयोग र जिल्ला आँखा अस्पताल अर्घाखाँचीको प्राविधिक सहयोग रहेको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष माधव श्रेष्ठ,समाजसेवी जगन्नाथ भुसाल, राजेन्द्र केसी लगायतको सहभागीता रहेको कार्यक्रम नेत्र प्रसाद भुसालको संचालनमा उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।