काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले विपक्षी राजनीतिक दलहरुलाई हतोत्साही गर्नका लागि उपसभामुखलाई हटाउन लागेको बताउनुभएको छ । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले यस्तो बताउनुभएको हो ।
प्रमुख सचेतक चौधरीले उपसभामुखलाई हटाउने कुरा निन्दनिय भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिगार्ने व्यक्तिहरु कांग्रेस र एमालेभित्रै रहेका भन्दै उहाँले उनीहरुलाई छानविन गरी कारबाही गर्न माग गर्नुभयो ।
उहाँले सत्ता पक्षलाई सहयोग नगरेकै कारण उपसभामुखलाई हटाउन खोज्नु गलत भएको बताउनुभयो । उहाँले उपसभामुखले गल्ती गरेको कुरा प्रमाणित नभएको पनि बताउनुभयो ।