सहकारीबाट पैसा लिएको प्रमाणित गरिदिए घण्टी बुझाउँछु, राजनीति छाडिदिन्छु : रवि लामिछाने

Gold Smuggling: Rabi Lamichhane Points Finger at top leaders, Ex-IGP, and  journalists - epardafas.com

फाइल तस्बिर :

 

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले सहकारीबाट पैसा लिएको प्रमाणित गरिदिए राजनीति नै छाडिदिने घोषणा गरेका छन् । पोखरामा हिजो (मंगलबार) आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले आफूले सहकारीबाट पैसा लिएको प्रमाणित भए राजनीति छाडिदिने र घण्टीपनि बुझाउने उद्घोष गरेका हुन् ।

उनले भने,‘मलाई यहीँ प्रमाणित गरिदिनुहोस, म यही हलबाट राजनीति अन्त्य भएको घोषणा गर्न सक्छु, मलाई प्रमाणित गरिदिनुहोस । प्रमाणित गरिदिनुहोस, आजैबाट त्यागेर जान्छु । बुझाउँछु घण्टी । बोलाउनुहोस । कसैको उचालिदिएको भरमा र गलत कुरा भनिदिएको भरमा, कोही मान्छे गलत तरिकाले सहकारीबाट पैसा ल्याए, जसले ल्यायो उसले कसरी ल्यायो ? कसले ऋण दियो ? को साक्षी बस्यो ? खोई एग्रिमेन्ट ? केही त होला ? रवि लामिछानेमाथि हिलो छ्यापिदिँदैमा हुन्छ ? तपाईंहरुले अपराध गर्दै हुनुहुन्छ, लाखौं सहकारी पीडितहरुमाथि अन्याय गर्दै हुनुहुन्छ ।’

Gold Smuggling: Rabi Lamichhane Points Finger at top leaders, Ex-IGP, and  journalists - epardafas.com

सरकारले रवि लामिछानेमाथि तत्काल कडा एक्शन चाल्ने तयारी थालेको छ । सत्ता पक्षले तत्काललाई उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने भनेको छ । आजको संसद् बैठकमा योगेश भट्टराईले यसअघिको बैठकमा माओवादी सशस्त्र द्धन्द्धलाई हिंसा भनेर बोलेको विषयमा सभामुखले संसद्को रेकर्डबाट हटाउन नपर्ने भनेपछि माओवादी सांसदहरु आक्रोशित बनेका थिए ।

सभामुखले जानाजान यो विषय उचालेको माओवादी सांसदहरुको ठहर छ । संसद् बैठक सभामुखले भदौ ३० गते बस्नेगरि स्थगित गरिदिएका छन् । यही भदौ ३० गतेभित्र महत्वपूर्ण कदम चाल्ने प्रधानमन्त्री ओलीको तयारी छ । अहिले प्रधानमन्त्री ओलीको पहिलो निशानामा रास्वपाका सभापति लामिछाने छन् ।

-Repoters