क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा जावलाखेलबाट ५० जना पक्राउ

नेपालमा कुन कानूनले छेक्यो क्रिप्टोकरेन्सी कारोबार ?

 

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले ५० जनालाई पक्राउ गरेको छ ।

क्रिप्टो कारोबार गरेको आरोपमा बिहीबार  ललितपुरको जावलाखेलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।


नेपालमा कुन कानूनले छेक्यो क्रिप्टोकरेन्सी कारोबार ?
उनका अनुसार पक्राउ पर्नेमा केही चिनियाँ नागरिकसमेत छन् । उनीहरूले कल सेन्टर र क्रिप्टो कारोबार गरेको प्रहरीको दाबी छ । उनीहरूमाथि स्क्रिनिङ गरेर अनुसन्धान भइरहेको बोगटीले बताए ।  हाल क्रिप्टोकरेन्सी कारोबारविरुद्ध सीआईबीले विशेष अपरेसन चलाएको छ ।
  • NP