सिके राउतले दायर गरे ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा

सिके राउत संसदीय दलको नेता चयन - नेपाल समय :: Nepal Samaya - Online News  Portal

 

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन्। राउतले गत भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका हुन्।

उनले ‘अंश र सम्बन्धविच्छेद’ शीर्षकमा मुद्दा दायर गरेको जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजिवन महतोले जानकारी दिए। महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल बस्दै आएका राउतले आफूहरूको सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेका हुन्। उनकी श्रीमती रानी भारतीय नागरिक हुन्। उनी माइतीमा मात्रै जाने गरेको, सम्बन्ध राम्रो नभएको, लगायतका विषयहरू उल्लेख गरेका छन्।

सिके राउत संसदीय दलको नेता चयन - नेपाल समय :: Nepal Samaya - Online News  Portal

‘ठेगाना दुवैको महालक्ष्मी नगरपालिका ४ नै राख्नुभएको छ। तर श्रीमती माइती जाने गरेकोलगायत विभिन्न कारणहरू उल्लेख गर्नुभएको छ,’ उनले भने, ‘अब अदालतबाट श्रीमतीको नाममा म्याद जान्छ त्यसपछि अन्य काम अगाडि बढ्छ।’

उनीहरूका दुई छोरी र एक छोरा छन्। छोराछोरीलाई पनि आफूसँगै राख्न राउतले माग गरेका छन्।

-एनपी