स्टार फुटबलर क्रिश्टियानो रोनाल्डो बने सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पाउने पहिलो ब्यक्ति

 

काठमाडौं । स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले सामाजिक सञ्जलाको प्लेट फर्ममा १ बिलियन (एक अर्ब) फलोअर्स प्राप्त गरेका छन्। सामाजिक सञ्जालमा रहेका उनका सबै आधिकारिक एकाउन्टका फलोअर्सको संख्या जोड्दा उनले १ अर्ब फलओअर्स प्राप्त गरेका हुन्।

पोर्चुगिज स्टारलाई चर्चित सामाजिक सञ्जालहरुमा निकै राम्रो समर्थन रहेको छ। उनलाई सामाजिक सञ्जाल एक्स मा १ सय मिलियनबढीले फलो गर्दा इनस्टग्राममा ६०० मिलियनले फलो गरेका छन्।

केही समयअघि मात्र युट्युव रिलिज गरेका रोनाल्डोले त्यसमा पनि ६० मिलियन सस्क्राइब पाएका छन्। त्यस्तै फेसबुकमा उनका १ सय ७० मिलियनबढी फलोअर्स रहेका छन्। साथै उनी चाइनिज सामाजिक सञ्जालमा समेत लोकप्रिय छन्। चाइनिज सामाजिक सञ्जाल कुआइशोमा उनका करिब ९ मिलियन समर्थक रहँदा विबोमा ७ मिलियन बढी समर्थक छन्।

उनले आफ्नो १ अर्ब फलोअर्स भएसँगै सबै समर्थकलाई धन्यवाद दिएका छन्। उनले समाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै भने,’हामीले इतिहास बनाएका छौं- एक अर्ब फलोअर्स! यो केवल एउटा संख्यामात्र होइन- यो हाम्रो साझा जोश, दृढता, र खेलप्रतिको प्रेमको प्रमाण हो।’

उनले अगाडि थपे,’माडेरियाका गल्लीहरूदेखि विश्वका ठूला मञ्चहरूसम्म, मैले सधैं मेरो परिवार र तपाईँहरूको लागि प्रतिस्पर्धा गरेको छु, अब हामी १ अर्ब जना एकसाथ उभिएका छौं।’
उनी अगाडि लेख्छन्,’तपाईँहरू मेरो प्रत्येक कदममा साथमा हुनुहुन्थ्यो, सबैभन्दा माथि र सबैभन्दा तलको अवस्थामा पनि। यो यात्रा हाम्रो साझा यात्रा हो, र हामीले सँगै कुनै पनि लक्ष्य असम्भव छैन भन्ने देखाएका छौं।’

Ronaldo faces crossroads after Portugal's Euro 2024 heartbreak | Daily Sabah

रोनाल्डोले भने,’मलाई विश्वास गर्नुभएकोमा, तपाईँहरूको समर्थनका लागि र मेरो जीवनको हिस्सा हुनुभएकोमा धन्यवाद। अझ उत्कृष्ट कुराहरु आउन बाँकी छ र हामीसँगै अघि बढिरहनेछौं। जित हासिल गर्नेछौं, र इतिहास रचिरहनेछौं।’

रोनाल्डोले आफ्नो करिअरमा पाँच पटक बालोनडि’ओर जितेका छन्। अहिलेसम्म विश्वकप जित्न नसकेका उनले युरोपियन च्याम्पियनसिपको उपाधि जितेका छन्।

-एनपी