बागलुङमा सवारी दुर्घटना: गाउँपालिका उपाध्यक्ष बुढा सहित तीन जनाको मृत्यु

 

बागलुङ- गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना बिहान रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटना हुँदा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको हो ।

मृतक अन्य दुई जनाको भने सनाखत हुन नसकेको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । बुढा काठमाडौँबाट  फर्कँदै गरेको बेलामा दुर्घटनामा परेकी हुन् ।

दुर्घटनामा एक जना पुरुष गम्भीर घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ ।