अर्घाखाँचीमा जन्मियो दुइ टाउको भएको बाच्छी

 

-दिपेन्द्र खत्री , अर्घाखाँची ।

अर्घाखाँची । अर्घाखाँचीकाे मालारानी गाउँपालिका वडा नम्बर -०२ पटाैटीमा रहेकाे पुजा पशुपंक्षी फार्मका एउटा अचम्मको बाच्छी जन्मिएको छ, जसका २ वटा टाउका छन् । दुइवटा टाउको भएको बाच्छी जन्मिएपछि पुजा पशुपंक्षी फार्मकी सञ्चालका मात्र होइन देख्नेजति सबै अचम्ममा परेका छन् ।

उक्त बाच्छीको घाँटीबाट दुइवटा टाउको पलाएका छन् । दुबै टाउको सामान्य अवस्थाका कामकाजी रहेका छन् । दुइ टाउका, ४ आँखा तथा दुइ मुख, दुई नाक र चार खुट्टा रहेका छन् ।

उक्त कृषि फर्मकि सञ्चालिका गाेमा खत्रीकाे जानकारीका अनुसार यो बाच्छी जन्मिएपछि उठ्न तथा हिँडडुल गर्न नसकेकाे र टाउको समेत उठाउन नसकेकाे र जन्मेकाे केही समय पछि मृत्यु भएकाे बताईन् । दुइवटा टाउको भएको अवस्थालाई पोलीसिफाली भनिन्छ । जुन निकै दुर्लभ अवस्था हो । लाखौँ जिवित जन्ममा एक जनावरमा मात्र यस्तो समस्या देखिने विज्ञहरु बताउँछन् ।