मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

 

काठमाडौं । सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी  एक मन्त्रीले जानकारी दिए ।

यसअघि आइतबार नै आयोगका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर उपचुनाव मंसिर १६ मा गर्न  सुझाएका हुन् ।

स्थानीय तहमा तीन पालिका प्रमुखसहित ३९ पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार  काठमाडौंको कीर्तिपुर नगरपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ ।

यस्तै दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रिक्त रहेको आयोगले जनाएको  छ ।

-एनपी