अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास

काठमाडौं । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाकोे फ्लोरिडा गल्फ कोर्समा गल्फ खेलिरहनु भएका ट्रम्पमाथि एक व्यक्तिले हत्या प्रयास गरेका हुन् ।

गल्फ कोर्सको नजिकैको झाडीबाट राइफल तेस्र्याइ रहेको क्रममा प्रहरीले देखेपछि प्रहरीले गोली प्रहार गर्न खोज्दा भाग्ने क्रममा ती व्यक्ति पक्राउ परेका हुन् ।

घटनालगत्तै ट्रम्पले आफु सुरक्षित रहेको प्रतिक्रिया दिँदै यस्ता घटनाले आफु विचलित नहुने प्रतिक्रिया दिनुभएको छ । ट्रम्पमाथि भएको यो हत्या प्रयासको दोश्रो घटना हो ।

यसअघि पेन्सिलभेनियाको बटलरमा एक ¥यालीमा एक बन्दुकधारीले ट्रम्पको कानमा प्रहार गरी हत्या गर्ने प्रयास गरेको थियो । प्रहरीले गल्फ कोर्समा फेला परेको राइफल र दुईवटा ब्याक प्याक बरामद गरेको छ ।

-एजेन्सी ।