संसद्‌ बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

 

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको सचिवालयलेव जानकरी दिएको छ ।

यसैबीच प्रतिनिधि सभाको बैठक बस्नेबारे भने अझै अन्योल रहेको छ । ‘हिंसा’ शब्दबारे नेकपा माओवादी केन्द्रले संसद्को बैठक अवरोध गरिरहेकाले आइतबारको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

गत बुधबार बसेको बैठक माओवादीले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसद्‌मा जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादीले त्यसको विरोध गर्दै संसद्‌ अवरुद्ध गरेको थियो । अब माओवादीले सो रुलिङ फिर्ता नलिएसम्म संसद्‌को अवरोध कायम राख्ने बताएको छ ।