सहकारी ठगी प्रकरण : सहकारीबाट पैसा लैजान रवि लामिछानेको संलग्नता नरहेको समितिको निष्कर्ष

 

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारीबाट पैसा लैजान राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको संलग्नता नरहेको निष्कर्ष निकालेको छ ।

सोमबार अन्तिम रुप दिइएको समितिले सभापति लामिछानेको सहकारीबाट पैसा लैजान संलग्नता नरहेको तर गोरखा मिडियामा रहँदा उक्त खर्च गर्नमा संलग्न भएको निष्कर्षसहितको प्रतिवेदन तयार गरिएको समितिका एक सदस्यले जानकारी दिए ।

यस्तै, समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको निष्कर्ष निकालेको छ । ४ सहकारीबाट गोरखा मिडियामा ६७ करोड रकम गएको प्रतिवेदनमा उल्लेख छ । उक्त रकम ल्याउन जीवी राई एकल जिम्मेवार रहेको ठहर गरिएको ती सदस्यले बताए ।

समितिले प्रतिवेदन तयार पार्न २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले रास्वापा सभापति लामिछानेको पनि बयान लिएको थियो ।

-एनपी