काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रतिवेदनको पूर्ण स्वरूप हेर्न नपाएपनि सहकारी ठगि प्रकरणमा आफ्नो संलग्नता नरहेको छानबिन समितिले स्पष्ट पारेको बताए ।
त्यस्तै रास्वपाका अन्य नेताहरूले सहकारी हिनामिनाको आरोपमा रवि लामिछाने पूर्णरुपमा निर्दोष रहेको पुष्टि भएको धारणा राखेका छन् ।