दाङ — लुम्बिनी प्रदेश सभाको चालु चौथो अधिवेशन सोमबारबाट अन्त्य भएको छ ।
लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले चौथो अधिवेशन सोमबारदेखि अन्त्यका लागि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख घर्तीले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार चालू अधिवेशन अन्त्य गरेका हुन् ।