आज विश्वकर्मा पूजा: मेशिनरी पार्टपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै

 

अर्घाखाँची । आज असोज १ गते विश्वकर्मा पूजा मेशिनरी पार्टपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ । यस पर्वमा शिल्पका संकाय, कारखाना तथा उद्योगहरूमा पूजाअर्चना गर्ने गरिन्छ भने भजन किर्तन तथा नाचगान पनि गर्ने गरिन्छ ।

भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा दिवस मनाउने परम्परा रहेको छ ।

Vishwakarma Puja 2024: 16 या 17 सितंबर कब है विश्वकर्मा पूजा? जानें शुभ मुहूर्त और विधि - kab hai Vishwakarma Puja 2024 Date 16 or 17th September know the exact puja dates puja vidhi shubh muhurat

विश्वकर्मा दिवस नेपाललगायत पूर्वोत्तर भारत र बंगाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ ।

मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गर्ने चलन छ ।