बुटवलमा रिकण्डिसन शाेरुमकाे शुभारम्भ

-टेकराज भुसाल, बुटवल।

बुटवल। रुपन्देहीको बुटवलमा विभिन्न ब्राण्डका सेकेण्ड ह्याण्ड माेटरसाईकल, स्कुटर खरिदबिक्री, एक्सचेन्ज तथा अल्पकालिन समयका लागी माेटरसाईकल स्कुटर भाडामा दिने रिकण्डिसन शाेरुमकाे शुभारम्भ गरिएको छ।

बुटवल ९ मिलनचाेकमा ड्रिम्स रिकण्डिस साेरुमको मंगलबार एक कार्यक्रमका बीच सुभारम्भ गरिएको हो। युवा उद्यमी सन्ताेष केसीको एकल लगानीमा स्थापना भएकाे उक्त व्यवसायको बुटवल उपमहानगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष प्रदिप कुमार श्रेष्ठले उद्घाटन गर्नुभएकाे हाे ।

साे अवसरमा बाेल्दै वडाध्यक्ष श्रेष्ठले पछिल्लो समयमा युवाहरुकाे विदेश जाने माेहलाई चिर्दै नेपालमै केहि गर्छु भन्ने उदेश्य लिएर यी र यस्ता व्यवसायमा लाग्ने युवाहरुलाई राज्यले प्राेत्साहन स्वरुप सम्मान गर्दै युवा व्यवसायीलाई संरक्षण गर्नुपर्नेमा जाेड दिनु भयो।

ड्रिम्स रिकण्डिसनका संचालक सन्तोष केसीले “जे गर्छु नेपालमै गर्छु” भन्ने विश्वासलाई आत्मसाथ गर्दै प्रतिकुल अर्थतन्त्रका बाबजुत पनि व्यवसायमा हात हालेकाे बताउदै सबैकाे साथ सहयाेगले नयाँ व्यवसाय प्रारम्भ गरेको बताउनुभयो ।

उक्त रिकण्डिसन शाेरुमबाट विभिन्न ब्राण्डका सेकेण्ड ह्याण्ड माेटरसाईकल, स्कुटर खरिदबिक्री, एक्सचेन्ज तथा अल्पकालिन समयका लाग माेटरसाईकल स्कुटर भाडामा समेत दिने सञ्चालक केसीले जानकारी दिनु भयो।