रविजी चलाख मान्छे हुनुहुँदोरहेछ, कुरै सुनेर छक्क परें : देउवा

 

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् । आज (बुधबार) पार्टी कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै उनले सहकारीको रकम अपचलनसम्बन्धी गठन भएको संसदीय छानबिन विशेष समितिले लामिछानेमाथि संसदमा उठेका प्रश्नहरू प्रमाणित गरेको दावी गरे ।

लामिछानेमाथि लागेको ठगीको आरोपबारे विश्वास नलागेको भए पनि समितिले प्रमाणित गरेको र पार्टीका महामन्त्री गगनकुमार थापाले उठान गरेको विषय सही निस्किएको उनले बताए । उनले रवि लामिछाने चलाख मान्छे भएको र आफू छक्क परेको टिप्पणी गरेका छन् ।

‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नु भएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर । मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर,’ देउवाले थपे, ‘रवि लामिछानेजी त कस्तो मान्छे हुनु हुँदोरहेछ भने, चलाख मान्छे । म त छक्कै परें कुरा सुनेर । तपाईंले जित्दिनु भयो, त्यसकारण धन्यवाद ।’

-एनपी