अर्घाखाँची : खांचिकोट स्थित तिनपाने लेकमा चुनढुङ्गा उत्खनन् सदाको लागि बन्द गर्न माग गर्दै प्र.जि.अ. लाई ज्ञापन पत्र स्मरण

No photo description available.  -केशवराज ज्ञवाली , खांचिकोट अर्घाखाँची।

अर्घाखाँची। खाचिंकोटको तिनपाने लेकमा भुगर्भ सिमेन्ट प्राली द्वारा संचालित चुन ढुङ्गा उत्खनन् कार्य सधैको लागि बन्द गर्न माग गर्दै पर्यावरण संरक्षण तथा पर्यटन पर्वर्द्दन समिती अर्घाखाँची खाचिकोटले प्रमुख जिल्ला अधिकारि सहित जिल्ला स्थित सरोकारवालाहरुलाइ ज्ञापन पत्र बुझाएको बारेमा स्मरण गराएको छ । समितिका संयोजक प्रितम बहादुर थापाको नेतृत्वमा गएको टोलिले प्रमुख जिल्ला अधिकारि बाबुराम अर्याललाइ ज्ञापन पत्र स्मरण गराएको हो।

तिनपानेमा संचालित चुन ढुङ्गा उत्खनन कार्यले गर्दा पानीका मुहानहरु सुकेको , त्यस क्षेत्र संगै आसपासका क्षेत्रको पर्यावरण बिगृएको , नजिकैका स्कुलहरुमा गएको ध्वनी प्रदुषणले पठनपाठनमा असर परेको जिकिर गर्दै खानी उत्खनन् पुर्ण रुपमा बन्द गर्दै उक्त क्षेत्रको पर्यावरण संरक्षण गर्न माग गरिएको छ । ज्ञापन पत्र बुज्दै प्रमुख जिल्ला अधिकारी अर्यालले खानी संचालन मन्त्री परिषदले पास गरेर गरिने केन्द्र स्तरिय कार्य भएको जनाउदै आफ्नो बलबुताले भ्याए सम्मको सहयोग गर्ने बताए।

May be an image of 11 people and text

उनलेे जिल्ला स्थित सबै सरोकारवाला , राजनोतिक दल , जिल्लाबाटै बनेका मुख्यमन्त्री , मन्त्रीसहित खानी संचालक सबै बसेर यो समस्या टुङ्गोमा पुर्याउनु पर्न बताउदै आफुले सक्दो सहयोग गर्ने बताए । खांचिकोटमा सक्रिय  राजनितिक दलहरुको सहभागिता रहेको समितिले ज्ञापन पत्र बुझाएर जिल्लामा औपचारिक जानकारी सबैलाइ दिइसकिएको र अब छिट्टै संघर्षका कार्यक्रम सुरु गर्ने समितिका उप संयोजक वसन्त खड्काले बताएका छन ।

May be an image of 11 people and text

साविकको नरपानी गाविस र खांचिकोटको तिनपाने लेकमा उत्खनन् गर्ने भनेर  डाइनेस्टी इन्ड्रस्टृज प्रा .लि . र तत्कालिन श्री ५ सरकार बन तथा भु संरक्षण मन्त्रालय बिच २०६२ असार ७ गते सम्झौता भएको देखिन्छ । तर नरपानी क्षेत्रमा  व्यापक जनबिरोध पछी उत्खनन् कार्य बन्द भएको थियो  ।  पछि अर्घाखाँची सिमेन्टका नाममा भुगर्भ सिमेन्ट प्रालिलाइ नामसारी गरि २०७४ /४/२२ मा पुन अनुमती पत्र दिएपछि विभिन्न बिवाद र बिरोधका बिच तिनपाने लेकमा चुन ढुङ्गा उत्खनन् कार्य निरन्तर रहेको छ ।

May be an image of text May be an image of blueprint and text