कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ – रवि लामिछाने

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई तिहाईको सरकार सबैभन्दा अस्थिर रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा रास्वपा संसदीय दलले संसद भवनको लोहोत्से हलमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसका सभापति रिसाएको दिन सरकार ढल्ने भन्दै उनले चाहिँ राजनीतिक स्थायित्वका लागि दुई दल मिलेको भन्ने कुराको खण्डन गरे ।

उनले भने – ‘दुई तिहाईको सरकार सबैभन्दा अस्थिर छ । किनकि, कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ । अनि भन्न चाहिँ राजनीतिक स्थायित्वका लागि दुई दल मिलेको भन्ने ?’

सभापति लामिछानेले दुई तिहाईको सरकारको प्राथमिकता के हो, अझै थाहा हुन नसकेको भन्दै विगतमा पनि जनताका प्राथमिकता र सरकारका प्राथमिकता नमिल्दा जनता निराश हुनुपरेको बताए ।

-एनपी