लुम्बिनीका पुर्व सामाजिक विकासमन्त्री खत्रीले किर्ते गरेको भन्दै प्रदेश युवा परिषदमा विवाद

-टेकराज भुसाल, बुटवल।

बुटवल। लुम्बिनी प्रदेश प्रदेश युवा परिषदमा विवाद उत्पन्न भएको छ। लुम्बिनी प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीले उपाध्यक्ष गाेविन्द बहादुर खत्रीलाई राजनैतिक पुर्वाग्रह राखी उपाध्यक्ष पदबाट निलम्बन गरि हंशराज खनाललाई उपाध्यक्षमा नियुक्ति गरेपछि विवाद उत्पन्न भएको हो।

May be an image of 2 people and text

माओवादीका जाेखबहादुर महरा नेतृत्वको सरकारबाट एमाले बाहिरीएपछि एमालेबाट मन्त्री बनेका रत्नबहादुर खत्रीले मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयकाे छाप र लेटरप्याडलाई घरमै लगि दुरुपयोग गरि कानुन विपरीत आफूलाई हटाएको भन्दै उपाध्यक्ष खत्रीले आराेप लगाउनुभएकाे छ।

तत्कालीन सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीले मन्त्रालयकाे छाप र लेटरप्याडकाे दुरुपयोग गरि आफूलाई परिषदको उपाध्यक्ष पदबाट हटाई हंशराज खनाललाई नियुक्ति गरेको भन्दै परिषदका उपाध्यक्ष गाेविन्द बहादुर खत्रीले पत्रकार सम्मेलन गरि तत्कालीन सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीलाई नेपालको संविधान अनुसार कार्वाही हुनुपर्ने समेत बताउनुभएको छ।

२०८१ असार २० गते चलानी नम्बर ४५ राखि मन्त्री रत्नबहादुर खत्रीले उपाध्यक्ष गाेविन्द बहादुर खत्रीलाई पदमुक्त गरि चलानी नम्बर ४९ राखि हंशराज खनाललाई नियुक्ति गर्नुभएको थियो। मन्त्रालयको किताबमा चलानी नम्बर ४५ र ४९ मा रेकर्ड नरहेकोले खनालकाे नियुक्ति असंवैधानिक र कानुन विपरीत रहेको छ।

May be an image of blueprint, ticket stub and textMay be an image of ticket stub, blueprint and text