चार मूख्य कार्यक्रम पारित गर्दै सकियो साथीको १२औं वार्षिक साधारण सभा (तस्बिर सहित)

-गोपाल प्रसाद भट्टराई।

अर्घाखाँची- साथी बचत तथा ऋण सहकारी संस्था अर्घाखाँचीको १२औं वार्षिक साधारण सभा नयाँ निति तथा कार्यक्रम तय गर्दै सम्पन्न भएको छ ।

May be an image of 10 people

सभामा संस्थाले प्रस्ताव गरेको दिर्घकालिन बचत, व्यवसायिक कर्जा, सामुहिक लगानीका लागि समन्वय र सदस्य केन्द्रित कार्यक्रमलाई पारित गरेको छ ।

May be an image of crowd

शनिबार सन्धिखर्क, टुडिखेल स्थित सभाहलमा सम्पन्न सभाले आर्थिक वर्ष ०८०÷८१ को संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, ऋण लगानी तथा धितो मूल्याकंन प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

May be an image of 19 people and flute

सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष प्रकाश भुसालले आर्थिक वर्ष ०८०÷८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वित्तिय सम्बन्धि सबै सेवा सुविधा साथीले प्रदान गरेको बताउनुभएको छ ।

May be an image of crowd

कार्यक्रममा संस्थाका व्यवस्थापक वसन्ता गुरुङ, ऋण लगानी तथा धितो मूल्याकंन उप–समितिका संयोजक डिलाराम भुसाल र लेखा सुपरिवेक्षण समितिका संयोजक बिष्णु प्रसाद बन्जाडेले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

May be an image of 6 people

कार्यक्रमको प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले मुलुकको आर्थिक समृद्धिको एउटा खम्बा सहकारी भएको दाबी गर्नुभएको छ । ऋण लगेर फजुल खर्च गर्ने, आर्थिक अपचलन गर्ने जस्ता विकृती रोकि सहकारीलाई उत्पादन र रोजगारीसंग जोड्न नगरप्रमुख श्रेष्ठको आग्रह छ । छोटो समयमै साथी साकोसले गरेको सफलतालाई धन्यवाद दिंदै उहाँले आगामी दिनमा अझ उत्कृष्टता हासिल गर्न शुभकामना व्यक्त गर्नुभएको छ ।

May be an image of 6 people and text

यस्तै कार्यक्रमका विशिष्ट अतिथि जनता एग्रो एण्ड फरेष्ट्रीका उपाध्यक्ष भोज बहादुर शाह र नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले पनि सम्बोधन गर्नुभएको थियो । संस्थाका संचालक बिमला के.सी.को संचालन र मन्जु आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रममा बोल्दै उहाँहरुले राष्ट्रको सुगम देखी दुर्गम सम्म सहकारीले खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

May be an image of 8 people and text

पछिल्लो समय खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढाउने र सहकार्यको भवना वृद्धि गर्नमा भूमिका खेलेको भन्दै उहाँहरुले साथी साकोसलाई धन्यावाद दिनुभएको छ ।

May be an image of 10 people

२ हजार ९ सय ९ जना सेयर सदस्यको ३ करोड ६१ लाख सेयर पूँजी रहेको संस्थाले आ.व. ०८०÷८१ मा रु. ५१ लाख ३३ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाले अघिलो आर्थिक वर्ष ०७९÷८० मा यस्तो नाफा ४७ लाख ४८ हजार रुपैयाँ कमाएको थियो ।

May be an image of one or more people and people studying

यो नाफा अघिल्लो वर्षको तुलनामा ८ दशमलव ११ प्रतिशतले वृद्धि हो । २६ करोड ७७ लाखको कुल सम्पत्ती बनाईसकेको साथी साकोस २०६९ भाद्र २१ गते २९ जना युवाहरु मिलेर स्थापना गरेका थिए । “आर्थिक उन्नतीको सहयात्री,तपाई हाम्रो सुख दुःखको साथी” भन्ने परिकल्पनाका साथ जन्मिएको यो सहकारीले अहिले बहुउदेश्यिय सहकारी स्थापना गरि सो मार्फत जिल्लामा उत्पादित वस्तुको खरिद, प्रशोधन र बिक्रि समेत थालेको छ ।

May be an image of 3 people, people studying and text

अर्घाखाँचीमा मात्रै नभई कपिलवस्तु र रुपन्देहीलाई समेत कार्यक्षेत्र बनाएको साथी साकोसले मुख्य रुपमा बचत संकलन, ऋण लगानी, रेमिट्यान्स,युटीलिटी सेवा प्रदान गर्दै आइरहेको छ ।

May be an image of 10 people and text

साथीले सदस्य सेवा अन्तरगत सम्मान तथा पुरस्कार, दुर्घटना बिमा, मृत्यु तथा प्राणघातक रोग राहत प्रदान गर्दै आइरहेको छ । यस्तै अन्य सेवा अन्तरगत साथीले ब्याज अनुदान, तालिम, भ्रमण, विभिन्न सामाजिक क्रियाकलाप र स्वच्छिक बिमा जस्ता सुविधा दिंदै आइरहेको छ ।

May be an image of crowd

संस्थाले बार्षिक साधारणसभाको अवसर पारेर आफ्ना जेष्ठ शेयर सदस्य, असल ऋणी सदस्य, असल बचतकर्ता सदस्य, उत्कृष्ट उद्यमी सदस्य, पत्रकार र उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको छ ।