सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

 

काठमाडौं । सहकारी संस्थाो बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन् ।

कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई शंखमूलबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनलाई कास्की प्रहरीमा पठाउने तयारी भइरहेको छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।