अनुरा कुमारा दिसानायके बने श्रीलंकाको नयाँ राष्ट्रपति

 

काठमाडौँ  श्रीलंकाको नयाँ राष्ट्रपतिमा वामपन्थी पार्टी नेसनल पिपुल्स पावरका नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दिसानायकेले ५७ लाख ४० हजार १७९ मत पाएका छन् । अनुरा कुमारा दिसानायकेले श्रीलंकाको नवौं राष्ट्रपतिको रूपमा सपथ लिने छन् । उनका प्रतिद्वन्द्वी सजिथ प्रेमदासाले ४५ लाख ३० हजार ९०२ मत पाएका छन् ।


श्रीलंकाको इतिहासमा पहिलो पटक दोस्रो चरणको मतगणनापछि राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक भएको छ । दोस्रो चरणको मतगणनामा अनुरा कुमार दिसानायकेको अगाडि समगी जनबालेवागा पार्टीका सजित प्रेमदासा छन् ।

-एनके