रास्वपा अर्घाखाची द्वारा जारी प्रेस बिज्ञप्ती :

Open photo

 

प्रेस विज्ञप्ति :   

नेपालको राष्ट्रिय हितलाई सर्वोपरी ठानि उत्तरदायी सहभागीतामूलक लाेकतान्त्रिक शासन व्यवस्थाको प्रवर्धनको साथै दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पुरा गर्न तथा नेपाली जनताको जीवन स्तरमा परिवर्तन ल्याउने प्रतिबद्धता सहित बर्तवान व्यवस्थाबाटै सुशासन कायम गर्दै जनताको अवस्था परिवर्तन गर्ने उद्धेश्यका साथ स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी राज्यको चौथो ठुलो शक्तिकोरुपमा रहेको सर्वविधितै छ ।

हामी सधै विधिको शासनको सम्मान र पालना गर्दछौं । सहकारी ठगि प्रकरणमा आफु र आफ्ना दलका नेताहरु जोगाउन बिना प्रमाण गरेको सडक र सदनको बिरोध मिथ्या साबित भएको छ । कयौं जघन्य भ्रस्टाचारका काण्डहरु अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउन पहल गर्ने तथा ८७ अर्व रकम सहकारी ठगी गरी आम जनतालाइ लुट्नेहरुलाइ कारवाही गरी पिडितहरुलाई न्याय दिलाउनुको सट्टा कसरी रबि लामिछानेलाई फसाउन सकिन्छ भन्ने मात्रै लक्ष्य राखी जुन कसिमको स्याल हूईया गरिरहेको छ यसले सिंगो राजनीतिक इतिहासको धज्जी उडेको छ।

संसदमा हामीसंग प्रमाण छ भनेर खाली कागज देखाएर भ्रमको खेती गर्नेहरु रबि लामिछानेले सहकारीबाट पैसा निकालेको आरोप प्रमाणित गर्न नसक्दा आज फेरी अर्कै नाटक मन्चन गर्न र आफ्नाे राजनिति जाेगााउन भएभरको राज्य शक्तीको दुरुपयोग गर्ने प्रयास गरिरहेका छन् । सहकारी छानबिन समितिले रास्वपा सभापति रबि लामिछानेले सहकारीको पैसा अपचलन गरेको छैन भनेर प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा केवल रवि लामिछानेलाइ सिध्याउने र सबै आफ्ना सहकारी ठगहरुलाइ जोगाउने साथै जनतालाइ लुटिरहने दाउपेचको साथ सरकारमा भएको केही पार्टीहरु लागीपरेको पछिल्लो समयको राजनीतिक घटनाक्रम, सार्वजनिक अभिव्यक्ति तथा मिडिया ट्रायलका गतिविधिले प्रष्ट हुन्छ । यस्ताखाले निच हर्कतको राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची जिल्ला समिति घोर भत्सना गर्दछ ।

साथै ठग जुनसुकै बर्ग, समुदाय र जातीकाे भएपनि ठग नै हाे । दलिय आस्थाका आधारमा ठगहरुलाई उम्काउने प्रयास कुनैपनि हालतमा स्वीकार गर्न सकिँदैन । यसर्थ देशभरका समस्याग्रस्त थप सहकारीहरुकाे अध्ययन गरि ठगिएका देशभरका सहकारी पिडितलाई न्याय दिन हामी जाेडदार आग्रह गर्दछाैँ ।

 

 

अन्य समाचारहरु