भूमिकास्थानले बजार अनुगमनलाई नियमित गर्दै आइरहेको भएपनि अहिले चाडपर्वलाई लक्षित गरि हुन सक्ने विभिन्न किसिमका विकृतिलाई रोक्न नगर भित्र संचालनमा रहेका पसलहरुमा अनुगमन सुरु गरिएको उहाँको भनाई छ ।
महगिं, कालोबजारी नियन्त्रण तथा म्याद गुज्रिएका समानहरु उपभोक्ताले प्रयोग गर्नु नपरोस् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको हो ।
नगरपालिकाको वडा नम्बर ७ मा संचालनमा रहेका विभिन्न पसलहरुमा अनुगमन गरेको टोलीले मापदण्ड बिपरित संचालनमा रहेका केही पसलहरुलाई लिखित निर्देशन दिएको छ ।
संचालनमा रहेका पसलहरुमा मूल्यसूची,बिल बिजक र पसलको साईनबोर्ड समेत नराखिएकोले ति व्यवसथा गर्नको लागि लिखित रुपमा निर्देशन दिइएको बजार अनुगमन संयोजक अधिकारीले बताउनु भयो ।
अनुगमनको क्रममा म्याद गुज्रिएका ५ हजार बराबरका विभिन्न सामानहरु बरामद गरि नष्ट गरिएको छ ।
अनुगमनमा संयोजक शंकर अधिकारी, जनस्वास्थ्य निरिक्षक शुरेस गैरे, कृषि प्राविधिक सहायक युवराज आचार्य, सहायक महिला विकास निरिक्षक शान्ता भुसाल, राजस्व शाखा प्रमुख जगत प्रसाद भुसाल, उद्यम विकास सहजकर्ता बन्दना रावत, पत्रकार गोपाल प्रसाद भट्टराई, खिल्जी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सोम प्रसाद पाठक, हवल्दार विक्रम घर्ति, लगायतको सहभागिता रहेको थियो ।