अखिल (छैठौं) को २३औं राष्ट्रिय सम्मेलन दाङमा सुरु (तस्बिर सहित)

Open photo-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची।

अर्घाखाँची –अखिल (छैठौं) को २३औं राष्ट्रिय सम्मेलन बिहिबार बाट दाङमा सुरु भएको छ । नयाँ निति, कार्यक्रम र नयाँ नेतृत्व चयन गर्दै असोज १२ गते सकिने सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले उद्घाटन गर्नुभएको हो ।

May be an image of 10 people, dais and text

सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष के.सी.ले देशमा वैदेशिक हस्तक्षेप गम्भीर रुपमा बढेर गएको बताउनुभएको छ । भारतीय साम्राज्यवादको हस्तक्षेप रहँदारहदै पनि नेपालमाथि अहिले अमेरिकी साम्राज्यवादको हस्तक्षेप पनि बढेर गएको उहाँको तर्क छ । वैदेशिक हस्तक्षेप र देशभित्र विकृति बढिरहँदा युवा÷विद्यार्थी आन्दोलन कमजोर भएकोमा अध्यक्ष के.सी.ले चिन्ता व्यक्त गर्नुभएको छ ।
May be an image of 7 people, dais and text
सत्तारुढ दलका विद्यार्थी संगठनहरु सत्ता र शक्तिको स्वार्थमा रुमल्लिँदा विद्यार्थि आन्दोलन कमजोर भएको जिकिर गर्दै अध्यक्ष के.सी.ले मुलुकको दिगो विकास र समृद्धिको निम्ति खबरदारी आन्दोलनको खाँचो औल्याउनुभएको छ । यसका निम्ती सम्पूर्ण युवा÷विद्यार्थि र आन्दोलनको अखिल छैठौंले नेतृत्व गरि अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो । संविधानमा विदेशीले घुसाइदिएको संघीयताको भारी अब देशले बोक्न नसक्ने पनि उहाँको स्पष्टोक्ती छ ।
May be an image of 2 people and crowd
सम्मेलनलाई राजमो कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, केन्द्रीय सल्लाहकार आनन्द शर्मा, जातीय समता समाजका अध्यक्ष राजेश विश्वकर्मा, अखिल नेपाल युवक संघका अध्यक्ष कृष्णराज पाण्डे, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरी प्रसाद बुढा, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल र अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष ढुन्डीराज शर्माले पनि सम्बोधन गर्नुभएको थियो ।
May be an image of 1 person and crowd
कार्यक्रममा बोल्दै उहाँहरुले युवाशक्ति विदेश पलायन भइरहेको भन्दै देशभित्रै रोजगारी र बस्ने वातावरण बनाउन संघर्ष गर्न आह्वान गर्नुभएको छ । राष्ट्रियता जोगाउने मेरुदण्ड नै युवाशक्ति भएको बताउँदै उहाँहरुले पहरेदारी आन्दोलन गर्न सुझाव दिनुभएको छ ।
May be an image of one or more people, people studying and crowd
सम्मेलनको दोस्रो दिन असौज ११ गते बन्दशत्र र तेस्रो दिन असौज १२ गते घोषणा सभा हुने अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुंवरले जानकारी दिनुभयो ।
May be an image of 9 people, people smiling and text

अन्य समाचारहरु