तीन दिने बाढीपहिरोबाट मृत्यु हुनेको संख्या दुई सय नौ पुग्यो, २९ बेपत्ता, एक सय ४२ घाइते

Open photo

 

काठमाडौँ । तीन दिन लगातार परेको अति वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार सोमबार साँझसम्मको अपडेट अनुसार २०९ जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार २९ जना अझै बेपत्ता छन् भने बाढीपहिरोबाट उद्धार गरिएका १४२ जना घाइते रहेका छन् ।

अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुली लगायतका जिल्लाबाट हेलिकप्टरमा ७१३ भन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कुल ४ हजारभन्दा बढीको उद्धार गरिएको छ ।