आज ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

 

काठमाण्डौ – आज ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो ।

विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ । ‘सम्मानित बुढ्यौली : विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सबलीकरण’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइँदैछ ।

दिवसको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम भइरहेका छन्  ।