क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको जिल्ला एकता सम्मेलन सम्पन्न ।

 

अर्घाखाँची – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला सँगठन समिति अर्घाखाँचीको जिल्ला एकता सम्मेलन २०८१ असोज १३ र १४ मा सम्पन्न भएको छ।

जिल्ला एकता सम्मेलले राजेन्द्र नेपाली सेक्रेटरी रहने गरि १५ पुर्ण ५ वैकल्पिक र ५ सल्लाहकार समिति सर्वसहमत निर्वाचित गरेको छ। एकता सम्मेलन उट्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,केन्द्रीय कार्यलय सदस्य तथा ५ नम्बर प्रदेश ईञ्रचार्ज क.कुमुद ले पार्टीको झण्डा फरफराएर ब्यानर पढेर उद्घाटन गर्नु भएको थियोे।

उद्घाटन मन्त्व्य राख्दै दलाल पुजीवादी सम्सदिय ब्यबस्था भित्र आम गरिखाने वर्गको मुक्ति सम्भव नभएको दलाल तथा प्रतिक्रियावादीहरुको हाली मुहाली भएकोले यो ब्यबस्थाको विकल्प नयाँ जनवादी ब्यबस्था हुदै बैज्ञानिक समाजवादवादी ब्यबस्था नआएसम्म मात्र मुक्ति सम्भव नभएको बताउनु भयो।

अहिलेको ब्यबस्था अन्त्यको लागि नेपाली जनताहरुलाई एकजुट हुन आहान गर्नु भएको थियो।   यो काम सच्चा कम्युनिस्ट पार्टी ले मात्र गर्नसक्ने भएकोले वर्तमान अवस्थामा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको धुर्वीकरण गर्नुपर्ने बताउनु भएको थियो।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी का केन्द्रीय सचिव लय सदस्य तथा ५नम्बर प्रदेश सँयोजक क.अटल सह-सँयोजक क.समिम केन्द्रीय सचिवालय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज क.अर्जुन अर्घाखाँची जिल्ला ईन्चार्ज क.हुकुम लगाएत जनवर्गीय सँगठनका अथितिहरुले सम्मेलनमा शुभकामना मन्तव्य दिनु भएको थियोे ।ज्ञात अज्ञात सहिद हरुको सम्झनामा १मिनेट मौनधारण पछि क.अविरल को स्वागत क.ज्वाला को सँचालनमा र जिल्ला सँयोजक क.राजेन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

बन्दसत्र को प्रकृया पुरा भएपछि घोषणाको प्रमुख अथिती क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सह संयोजक सन्त ब नेपालीले नवनिर्वाचित समितीलाइ बधाइ दिनु भयको थियो।

१४ गते राष्ट्रीय एकता महाधिवेसनमा प्रस्तुत विभिन्न प्रस्ताबहरुमा  फोरम संन्चालन सम्पन्न भएको थियो ।

फोरममा मार्क्सबाद ,लेनिनवाद, माओवाद, माओ बिचारधारा, जनयुद्दको समिक्षा र संघियताको बिषयमा केन्द्रिय सह-संयोजक सन्त ब नेपाली ,राज्य पुनर्संरचना सम्वन्धी केन्द्रिय कार्यलय सदस्य कुमुदले प्रस्ताब पेश गर्नु भएको थियो।  भने केन्द्रीय कार्यालय सदस्य अटल टिप्पणीकार हुनुहुन्थ्यो । कार्यक्रममा सहभागीहरुले प्रश्न गरेका थिए ।