-अनिल नेपाली , अर्घाखाँची ।
सन्धिखर्क,अर्घाखाँची – सन्धिखर्क नगरपालिका महिला बालबालिका जेष्ठ नागरिक तथा सामाजिक शाखाद्वारा ३४ औं अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवस २०२४ को अबसरमा आयोजित सन्धिखर्क नगरपालिका वडा न.१,२ र ३ का १६ जना ९० बर्ष भन्दा माथिका जेष्ठ नागरिक हरु लाई बल्याङाकेट बितरण तथा सम्मान गरेको छ ।
यसै बिच नगरले आफ्नो नगरको सम्पुर्ण वडा हरुमा होसित कार्यक्रम अनुसार ९० बर्ष भन्दा माथिका नागरिक लाई यहि दिवसको अबसरमा सम्मान गर्ने नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले जनाउनु भएको छ ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा शुरु कार्यक्रमा नगरउपप्रमुख मिश्रा आचार्य , प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल
शाखा अधिकृत मन्जु खनाल नगरप्रबक्ता मोतिजङ रायमाझी , वडा न.१ का वडा अध्यक्ष माधब श्रेष्ठ , रास्ट्रिय बाणिज्य बैंकका प्रबन्धक गुणानिधि भुसाल जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक बिष्णु प्रसाद पौडेल वडा सदस्यहरु ९० बर्ष माथीका बुवाआमा उहाँहरुका संरक्षक तथा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायत उपस्थित रहेको थियो ।
कार्यक्रम महिला बालबालिका जेष्ठ नागरिक तथा सामाजिक शाखा का कर्मचारी तथा वडा न.२ का सचीव तुल्सा श्रेष्ठको संचालन तथा तथा वडा न ३ का सचीव बेलकुमारी परियारको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।