पाणिनीमा दशै गायक पशुपति शर्माको साथ , मैदान आलम नगरमा भव्य संस्कृति कार्यक्रमको तयारी, झुमादेवी युवा क्लवको तयारी अन्तिम चरणमा ।

 

-डिआरजी सुमन, पाणिनि।

पाणिनि, मैदान – पाणिनि गाँउ पालिका वडा न.५ मैदान आलम नगर स्थित श्री कृष्ण माध्यमिक विद्यालय परिसरमा भव्य सांस्कृतिक कार्यक्रमको तयारी गरिएको झुमादेवी युवा कल्व का अध्यक्ष देव वहादुर जीसीले अर्घाखाँची डटकम् व्युरो लाई जानकारी गराएका छन । पाणिनि गाँउ पालिका केन्द्रलाई आधार मानेर चर्चित फ़िल्मी अभिनेता देखी कलाकार समेत दुर्गाफाँटमा हुने महोत्सव केन्द्रीय हुने परम्परालाई तोड्दै सामाजिक सेवा र विकासात्मक गतिविधिमा क्रियाशील हुदै आएको झुमादेवी युवा कल्व मैदानले पहिलो पटक राष्ट्रीय कलाकार हरुको साथ आलमदेवी परिसरमा सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ ।

पाणिनि गाँउ पालिका वडा नं ५, श्री कृष्ण मावी र पाणिनि कै महत्वपूर्ण पर्यटकीय नगरी झुमादेवी र आलमदेवी मन्दिरको काँख मानिएको कार्यक्रम स्थल विशेष गरी दक्षिण खाँचीकै कोजाग्रत पुर्णिमा मेलाको केन्द्रविन्दु मानिने गरिएको ईतिहास विच पहिलो पटक सांस्कृतिक कार्यक्रम समेत गरिने वातावरण ले आफुलाई खुसी वनाएको पाणिनि ४ पटौटीका युवा गणपति अधिकारी वताउछन ।

पाणिनि गाँउ पालिकाको केन्द्र दुर्गाफाँटवाट नजिकै रहेको पाणिनि- कालीकाठी पदमार्गको मध्यभागमा अवस्थित आलमदेवी मन्दिरमा हुने यो कार्यक्रममा हज्जारौँ दर्शक रहने अपेक्षा गरिएको स्थानीय वताउछन । पाणिनि गाँउ पालिका वडा नं ५ मैदानको आलम नगरमा हुने कार्यक्रममा हास्यव्यांग कलाकार पुर्खे वा , चर्चित कलाकार कोपिला न्यौपाने , र्यापर गायक आदित्य अधिकारी, लगायतका कलाकारको प्रस्तुतीकरण रहने भएको भएपनि मुख्य केन्द्रविन्दुमा राष्ट्रीय तथा अंतर्राष्ट्रीय स्तरीय चरित्र वरिष्ठ गायक पशुपति शरमा रहने कार्यक्रम संयोजक पाणिनि पर्यटन समाज का अध्यक्ष झविन सुनाम ले वताउछन ।

पाणिनि गाँउ पालिका को आलमनगर परिसरमा दशै लक्षित कार्यक्रम आयोजित हुदैगर्दा राष्ट्रीय स्तरीय वहुप्रतिस्ठित स्टेजमा कुशल उद्घोषकको नाममा परिचय वनाएका पाणिनि कलाकार समाज नेपाल का सचिव विकास भट्टराई मुख्य उद्घोषकको रुपमा रहने आयोजक संस्था झुमीदेवी युवा कल्वले जनाएको छ । पाणिनि र मैदानको पर्यटन प्रवर्द्धनमा यो कार्यक्रम आफैमा महत्वपूर्ण हुने पाणिनी पर्यटन समाज का सचिव केशव वन्जाडे वताउछन ।

यस क्षेत्रमा पहिलो पटक झुमादेवी युवा कल्वले महत्वपुर्ण कार्यक्रम आयोजना गर्दा उत्साह थपेको महसूस भएको पाणिनि गाँउ पालिका ५ वडा अध्यक्ष ईन्दमणी घिमिरे वताउछन । विजया दशमी तथा दीपावली लक्षित कार्यक्रम कोजाग्रत पुर्णीमाको अघिल्लो दिन अश्विन २९ गते मंगलवार त्रयोदशीको अवसरमा गरिने आयोजक संस्था झुमादेवी युवा कल्व द्वारा जानकारी गराईएको छ ।

 

तस्वीर: डिआरजी सुमन, पाणिनि , अर्घाखाँची डटकम् ।

 

अन्य समाचारहरु