राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्धारा भूमिकास्थान–२ मा अगुवा कार्यकर्ता भेला सम्पन्न

 

-गोपाल प्रसाद भट्टराई
असौज–१७,अर्घाखाँची।

अर्घाखाँची – राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बुधबार भूमिकास्थान–२ ढाकावाङ्गमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख वक्ता राजमो केन्द्रीय महासचिव मनोज भट्टले संघिय राजधानीमै बिपत्तिमा परेका नागरिक समेत बेलैमा उद्धार र राहत बितरण गर्न नसक्ने सरकार जनताको हितमा हुन नसक्ने आरोप लगाउनुभएको छ ।

मुलुकभर अधिक बर्षाका कारण महाबिपत्ति आइरहँदा सरकारका मान्छेहरु घुमफिरमा ब्यस्त हुनु बिडम्बना भएको उहाँको भनाई छ । भूमिकास्थान–२ का विभिन स्थानबाट सहभागी भएका राजमोका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण मुलक सम्बोधन गर्नुभएका महासचिव भट्टले सत्ता र शक्तिको दुरुपयोग गर्नेहरुसंग सचेत हुन अपिल गर्नुभएको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य एव्ं भूमिकास्थान नगरप्रमुख झविलाल थापा, राजमो जिल्ला कोषाध्यक्ष गोविन्द वि.सी., भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी र भूमिकास्थान–२ का वडाध्यक्ष बुद्धि बहादुर थापाले पनि कार्यक्रममा बोल्नुभएको थियो ।

राजमो भूमिकास्थान–२ का वडा अध्यक्ष नारायण खनालको अध्यक्षता र जितेन्द्र खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा बोल्दै उहाँहरुले गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि संघियताको खारेजी अपरिहार्य भएको बताउनुभएको छ ।

भ्रष्टाचारलाई संरक्षण गरेर सरकारवादी दलहरुले गणतन्त्रकै बदनाम गराएको उहाँहरुको आरोप छ । कार्यक्रममा राजमो जिल्ला सदस्य बाबुराम खनाल, अखिल नेपाल किसान संघका जिल्ला सदस्य गोपाल खनाल, भूमिकास्थानको कार्यपालिका सदस्य केशरा परियार, अखिल नेपाल युवक संघ भूमिकास्थान–२ का अध्यक्ष गणेश सुनार, स्थानिय बामपन्थी नेता मेखराज खनाल, शालिकराम पौडेल, अनेम संघ जिल्ला सदस्य आरता वेल्वासे, अन्टुक नगर उपाध्यक्ष प्रकाश भुसाल, जातीय समता समाजका प्रतिनिधि चुरा बहादुर सुनार, उद्योग ब्यापार संघका प्रतिनिधि तिलक खनाल लगायतको सहभागिता रहेको राजमो भूमिकास्थान–२ का सचिव खिम बहादुर राउतले जानकारी दिनुभएको छ ।

 

अन्य समाचारहरु