काँग्रेस अर्घाखाँचीले प्रधानमन्त्री विपद व्यवस्थापन कोषमा ३१ हजार १ सय ५५ जम्मा गर्ने

 

-केशब राज ज्ञवाली ,अर्घाखाँची डट्कम । 

अर्घाखाँची – नेपाली काँग्रेस अर्घाखाँचीले प्रधानमन्त्री विपद व्यवस्थापन कोषमा राहात स्वरुप ३१ हजार १ सय ५५ रुपैयाँ जम्मा गर्ने भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको विपि स्मृती भवन सन्धिखर्कमा आज बसेको बैठकले केन्द्रीय विपद व्यवस्थापन कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

हालै अविरल परेको वर्षाका कारण कैयौ मानिसको ज्यान गएको, सयौं नागरिक घाईते र हजारौं नागरिक घरबार बिहिन भएका साथै अर्बौ रकम बराबरको क्षती भएकाले राहात रकम जम्मा गर्ने निर्णय गरिएको काँग्रेस अर्घाखाँचीका सचिव कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो । देश तथा विदेशमा छरिएर रहेका अर्घाखाँचीबासी नागरिकमा विपद व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्न अपिल समेत गर्ने बैठकले निर्णय गरेको छ ।

साथै बैठकले जिल्ला कार्यसमिति सदस्य पदमा ५ जना मनोनित गरेको छ । भुमिकास्थान नगरपालिका ६ का प्रेमनारायण बेल्बासे, पाणिनी गाउँपालिका १ का कमल पोख्रेल, छत्रदेव गाउँपालिका १ का ईस्माईल मियाँ, भुमिकास्थान नगरपालिका २ का बैकुण्ठ थापा र मालारानी गाउँपालिका ३ की शान्ता खनाललाई जिल्ला सदस्य पदमा मनोनित गर्ने निर्णय गरेको हो ।

यस्तै नेपाली काँग्रेस अर्घाखाँचीको प्रवक्तामा भुमिकास्थान नगरपालिका ६ का प्रेमनारायण बेल्बासेलाई मनोनित गरेको छ ।

बैठकले काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका विषयमा थप छलफल गरी निर्णय लिन पदाधिकारीलाई अख्तियारी समेत प्रदान गरेको छ ।  बैठक सभापति केशव श्रेष्ठको अध्यक्षता र सचिव कृष्ण प्रसाद खनालको संचालनमा सम्पन्न भएको हो ।

 

अन्य समाचारहरु