-अनिल नेपाली ।
शितगंगा – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शितगंगा नगरपालिकाकाे बैठक पार्टीका केन्द्रीय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य चन्द् बहादुर खड्का उज्ज्वलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
बैठकलाई सम्बाेधन गदै नेता खड्काले प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन र सामाजिक न्यायका पक्षमा गम्भीर पहल गर्दै स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने, सामान्तवादको अवशेषका रूपमा रहेका मिटरब्याज समस्याको कानुनी समाधान खोजिँदै सुशासनको पक्षमा पहिलोपटक सरकारका तर्फबाट दूरगामी पहल भएपछि सकारका काम देखेर देशी विदेशी शत्ति केन्द्र लागि परेको सरकार बिघटन गरेको बताउदै राजनीतिक रूपमा माओवादीलाई राम्रो आधार बनेको छ।
यसलाई संगठनमा बदल्नुपर्छ, अब हामीलाई एउटा नकारात्मक परिघटनाबाट पार्टी पुनःनिर्माण, संगठन सुदृढ गर्ने अवसर प्राप्त भएको बताउदै नेता उज्ज्वलले विकास सुशासन समृद्धिका साथसाथै पार्टीलाई सागठनिक रूपमा अगाडि बढाउनु अहिलेकाे मुख्य आबश्यकता भएको बताएका थिए।
कार्यक्रममा पार्टि केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्री सुशिला श्रीपाली,जिल्ला ईन्चार्ज ठाकुर बिक सह ईन्चार्ज छम कुमारी खनाल चिनारी लगायतले मन्तब्य राख्नु भएको थियोे। कार्यक्रम नगर अध्यक्ष मणि अधिकारीकाे अध्यक्षता सचिब बिष्णु परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न मातहतमा रहेका नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी अनुसार बैठकमा मन्तब्य राखेका थिए।